ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीको पहलमा श्रम बजार सुरक्षित बनाउन छलफल


एबीसी न्यूज
२६ श्रावण २०८०, शुक्रबार   १ : २५   बजे

काठमाडौं, २६ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा श्रम बजारलाई मर्यादित र सुरक्षित बनाउने सम्बन्धमा महत्त्वपूर्ण छलफल भएको छ।  शुक्रबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा वैदेशिक रोजगारीमा रहेका नेपालीले भोगिरहेका समस्या र समाधान, श्रम बजारको व्यवस्थापनलगायत विषयमा छलफल भएको गरिएको हो।

सो क्रममा वैदेशिक रोजगारीमा रहेका, स्वरोजगार तथा अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नेबारे समेत छलफल गरियो। यसका निम्ति यही साउन ३१ गते औपचारिक समारोहको आयोजना गरिने भएको छ।

प्रधानमन्त्री दाहालले वैदेशिक रोजगारीका क्रममा नेपालीले विभिन्न समस्या भोग्नुपरेको चर्चा गर्दै ती समस्याको दीर्घकालीन निराकरणका उपायबारे विस्तृत अध्ययन गरी अर्को बैठकमा प्रस्ताव पेस गर्नसमेत निर्देशन दिए। उनले वैदेशिक रोजगारीलाई मर्यादित र सुरक्षित बनाएर देशको अर्थतन्त्र धानिरहेका नेपाली श्रमिकहरूको सम्मान र हितरक्षा गर्न निर्देशन पनि दिए।

छलफलमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा प्रकाशशरण महत, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्‌सिंह भण्डारी, मुख्यसचिव डा बैकुण्ठ अर्याल, अर्थसचिव, परराष्ट्र सचिव, श्रम सचिव, प्रधानमन्त्री कार्यालयका प्रशासन महाशाखा हेर्ने सचिवलगायत विशिष्ट पदाधिकारी सहभागी थिए। रासस

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सेमिफाइनलमा अर्जेन्टिनाको अनुभव कि इंग्ल्यान्डको युवा जोश ?

राष्ट्रियसभामा आज प्रधानमन्त्री पनि उपस्थित हुने, महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने

सम्बन्धित

देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न

नक्कली शरणार्थी प्रकरणमा कसलाई कति सजाय ?

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु

गेट छेकेर पार्किङ गर्नेहरूलाई ट्राफिकको जरिवाना, घटनामाथि प्रश्न यथावत्

सुनसरीमा विद्युत कार्यालय धरानको गाडी दुर्घटना, २ जनाको मृत्यु

देशभर अधिकांश स्थानमा मध्यमसम्मको वर्षा, सावधानी अपनाउन आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu