ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फरार भएको भनेपछि पूर्वमन्त्री जोशीको जवाफ : म घरमै छु, परेको व्यहोर्न तयार छु


एबीसी न्यूज
२६ श्रावण २०८०, शुक्रबार   २ : १३   बजे

काठमाडौं, २६ साउन । ललिता निवासको सरकारी जग्गा हिनामिनामा नीतिगत निर्णय गरेको आरोप झेलिरहेका पूर्वभूमिसुधारमन्त्री चन्द्रदेव जोशीले आफू भागेर कहीँ नगएको बताएका छन्।

गत आइतबार सर्वोच्च अदालतको आदेशसँगै जोशीसहित तीन पूर्व भूमिसुधारमन्त्रीहरुविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भइसकेको छ।

यस्तोमा एकजना पूर्वमन्त्री जोशीले आफू भागेर कहीँ नगएको बताउँदै परेको व्यहोर्न तयार रहेको बताएका छन्।

ललिता निवास प्रकरण स् सर्वोच्चको आदेशलगत्तै तीन पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी
‘म त घर मा नै छु। मेरो फोन सम्पर्क पनि चालु छ। सहयोग गर्न तयार भएर बसेको छु। परेको बेहोर्न पनि तयार छु’, उनले भनेका छन्, ‘जीवनभर राजनीति गरेँ। देशका लागि त्याग मात्रै गरेको छु । कहिले कुनै स्वार्थमा परेको छैन। दुःख लागेको छ।’

सर्वोच्चको आदेशलगत्तै तत्कालीन विभागीय विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ र चन्द्रदेव जोशीविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएको थियो। त्यसैगरी राज्यमन्त्री सञ्जयकुमार साहविरुद्ध पनि अदालतले पक्राउ गर्न अनुमति दिएको थियो।

पक्राउ पुर्जी जारी भएर पनि सीआईबीले यी चार मन्त्रीलाई अहिलेसम्म पक्राउ गरेको छैन। आफूसहितका मन्त्रीहरु फरार रहेको समाचार आउन थालेपछि पूर्वमन्त्री जोशीले आफू काठमाडौंको नयाँबानेश्वरस्थित घरमै रहेको र राज्यलाई सघाउने जानकारी दिएका हुन्।

पूर्वमन्त्री जोशीको स्पष्टीकरण स् ललिता निवासमा मेरो संलग्नता छैन, राजीनामा दिइसकेको थिएँ
यसअघि साउन २२ मै पूर्वमन्त्री जोशीले ललिता निवासको सरकारी जग्गा अपचलन प्रकरणमा आफ्नो संलग्नता अस्वीकार गरेका थिए।

उनले २०६९ असोज १८ गते ललिता निवासबारे मन्त्रिपरिषद्‍बाट निर्णय हुँदा आफू मन्त्री पदमै नरहेको बताएका थिए।

‘वर्तमान सरकारले चालेको भ्रष्टाचारविरोधी अभियानमा मेरो पूरै समर्थन छ। देशमा नासुरको रुपमा रहेको भ्रष्टाचार मेटियोस् भन्ने मेरो चाहना र अपेक्षा हो’, उनले भनेका थिए, ‘लगतार त्यसैतर्फ मेरो राजनीतिसमेत लक्षित हुँदै आएको छ। अनुसन्धान निकायलाई मेरो पूरा सहयोग रहनेछ।’

उनले तर समाचारमा आए जस्तो नीतिगत निर्णयमा आफू नजोडिएको पनि बताएका थिए।

‘२०६९ असोज १८ गते ललिता निवासबारे मन्त्रिपरिषद्‍मा निर्णय हुँदा म मन्त्री पदमा थिइनँ। मन्त्रिपदबाट मैले त्यसअघि नै असोज ४ गतेको मितिमा राजीनामा गरिसकेको थिएँ’, उनले भनेका थिए, ‘म २०६९ जेठ ३ देखि असोज ४ गते सम्ममात्रै तत्कालीन बाबुराम भट्टराई मन्त्रिपरिषदमा रहेको हुँ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सेमिफाइनलमा अर्जेन्टिनाको अनुभव कि इंग्ल्यान्डको युवा जोश ?

राष्ट्रियसभामा आज प्रधानमन्त्री पनि उपस्थित हुने, महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने

सम्बन्धित

देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न

नक्कली शरणार्थी प्रकरणमा कसलाई कति सजाय ?

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु

गेट छेकेर पार्किङ गर्नेहरूलाई ट्राफिकको जरिवाना, घटनामाथि प्रश्न यथावत्

सुनसरीमा विद्युत कार्यालय धरानको गाडी दुर्घटना, २ जनाको मृत्यु

देशभर अधिकांश स्थानमा मध्यमसम्मको वर्षा, सावधानी अपनाउन आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu