ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लडाकु शिविरको मात्र होइन सबै घोटलाको छानबिन हुनुपर्छ : डा भट्टराई


ABC NEWS
२६ श्रावण २०८०, शुक्रबार   २ : ३४   बजे

बुटवल २६ साउन । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले माओवादी लडाकु शिविर (क्यान्टोन्मेन्ट) मा भएको घोटालाको पनि छानबिन हुनुपर्ने बताएका छन् ।

पार्टीले शुक्रबार बुटवलमा गरेको पत्रकार भेटघाटमा नेता भट्टराईले क्यान्टोन्मेन्ट घोटालासहित विमान घोटालासम्म सबैको उच्चस्तरीय छानबिन हुनुपर्ने बताए ।

विगतमा भट्टराईले लडाकु शिविरमा घोटाला भएको बताउने गरेको तर अहिले चुप लागेको भन्ने पत्रकारको प्रश्नमा उनले व्यक्ति हेरेर एउटा एउटा भन्दा पनि सबै भ्रष्टाचारको छानबिन गरी निकर्षमा पुर्‍याउनुपर्ने बताए ।

आफू सत्तामा हुँदा विपक्षीलाई तर्साउन फाइलहरु खोल्ने गरिए पनि ठूला दलहरुबीच लाभका पदहरुमा भागबण्डा गरेर अनुसन्धान बीचमै सामसुम हुने गरेको भट्टराईले आरोप लगाए ।

‘आफू सत्तामा हुँदा विपक्षीलाई तर्साउन विषय उछाल्ने परिपाटी छ, तर ठुला तीन दल साँठगाँठ गरेर भागबण्डामा कुरा मिलाउँछन्, अनि अनुसन्धान सामसुम हुन्छ’, भट्टराईले भने, ‘अहिलेको सरकारले गरिरहेका अनुसन्धान पनि सरकारलाई निल्नु न ओकल्नु भएको छ, निष्कर्षमा पुग्छन् भन्ने विश्वास छैन ।’

ललितानिवास जग्गा प्रकरणमा आफूले छानबिनमा सघाउने र खुशीसाथ बयान दिन जाने उनले बताए ।

‘मैले त विगतदेखि नै सबै खाले भ्रष्टाचारको शक्तिशाली आयोग बनाएर उच्चस्तरीय छानबिन गरौं भन्दै आएको हुँ, ललिता निवास जग्गा प्रकरणमा पनि बयानका लागि तयार छु, जानेको बुझेको बताउँछु’, उनले भने ।

सय केजी सुन तस्करी प्रकरणमा नेकपा एमालेले उच्च स्तरीय छानबिन समिति गठनको माग गर्नु गलत नभएको भट्टराईले बताए ।

पत्रकारको प्रश्नमा नेता भट्टराईले लुम्बिनी विकास कोषमा चरम विवादित व्यक्ति ल्हारक्याल लामालाई नियुक्त गर्नु ठीक नभएको बताए ।

दलका मुख्य नेताले नियुक्ति हुने व्यक्ति छान्ने विवधि समेत ठीक नहँुदा लामा जस्ता विवादित व्यक्ति लुम्बिनी विकास कोषमा नियुक्त हुन पुगेको उनले बताए ।

नेपालमा अहिले पनि वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता रहेको दोहो¥याउँदै भट्टराईले विगतमा आफूले हतारिएर अरुको चिन्ह लिएर चुनावमा जानु र सबै मुद्दा नमिल्दै पार्टी एकीकरण गरेर गल्ती गरेको स्वीकारे ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सेमिफाइनलमा अर्जेन्टिनाको अनुभव कि इंग्ल्यान्डको युवा जोश ?

राष्ट्रियसभामा आज प्रधानमन्त्री पनि उपस्थित हुने, महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने

सम्बन्धित

सेमिफाइनलमा अर्जेन्टिनाको अनुभव कि इंग्ल्यान्डको युवा जोश ?

राष्ट्रियसभामा आज प्रधानमन्त्री पनि उपस्थित हुने, महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने

आत्मदाह प्रयासपछि रौतहटका युवा उपचारका लागि काठमाडौं रिफर

रौतहटको घटनापछि फेरि बहस : आत्मदाहका घटनाले दिएको चेतावनी : सुन्ने र साथ दिने समाजको खाँचो

सिंहदरबार दक्षिण गेटअघि मोटरसाइकल पार्किङ गरेर अनेरास्ववियुको प्रदर्शन

इरानको घोषणा: ‘अब अमेरिकासँग कुनै सम्झौता बाँकी रहेन’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu