ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौंमै भेटियो ५२ लाख नक्कली नोट, छाप्ने मेसिनसहित ९ जना पक्राउ


एबीसी न्यूज
२६ श्रावण २०८०, शुक्रबार   ३ : ०३   बजे

काठमाडौं, २६ साउन । काठमाडौंमै भेटियो ५२ लाख नक्कली नोट, छाप्ने मेसिनसहित ९ जना पक्राउ

५२ लाख बढी नक्कली नोटसहित प्रहरीले ९ जनालाई पक्राउ गरेको छ। काठमाडौंको गोंगबु बसपार्क र भक्तपुरको चाँगुनारायण–४ बुढाथोकी गाउँबाट गरी ५२ लाख ७५ हजार रुपैयाँ बराबरको नक्कली जस्तो देखिने नोटसहित प्रहरीले ९ जनालाई पक्राउ गरेको हो।

लुम्बिनीबाट काठमाडौं आउँदै गरेको लु १ प ५ नम्बरको हरियो नम्बर प्लेटको पर्यटक बसलाई नागढु‌ंगामा चेकजाँच गर्ने क्रममा प्रहरीले शंकास्पद काटन फेला पारेको थियो।

उक्त काटनमा एक हजार दरका ३ हजार ५ सय ७३ थान नक्कली नोट फेला परेको प्रहरीले जनाएको छ।

गाडीका चालक र सह–चालकलाई सो काटनमा ‘अचार छ’ भनी लुम्बिनी बसपार्कबाट पठाइएको प्रहरीले बताएको छ। त्यसपछि प्रहरी वृत्त थानकोट र नागढुंगाबाट खटिएको प्रहरी टोलीले चालक र सह–चालकलाई समेत लगी थप अनुसन्धान गरेको थियो।

अनुसन्धानको क्रममा गोंगबु बसपार्क र चाँगुनारायणबाट अन्य १ हजार ७ सय २ थान एक हजारका नक्कली नोट फेला परेको प्रहरीले जनाएको छ।

यसरी पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ घर बताउने ४० वर्षीय अर्जुन सुबेली, सिन्धुपाल्चोक कोठे घर बताउने २५ वर्षीय शुशिल कार्की, सिन्धुपाल्चोककै सुनकोशी गाउँपालिका–६ घर बताउने २३ वर्षीय शिव भण्डारी, मिलन भण्डारी र २४ वर्षीय कृष्ण भण्डारी, झापाको कमल गाउँपाकिाल ३ घर बताउने २९ वर्षीय युवराज राई, आछामको मल्लेख गाउँपालिका–२ घर बताउने अर्जुन बुढा, गुल्मीको वाडागाउँ गाउँपालिका–२ घर बताउने सागर आचार्य र नवलपरासप्को सरावल गाउँपालिका–१ घर बताउने पार्वती नेपाली रहेको प्रहरीले जनाएको छ।

साथै, प्रहरीले उनीहरूको साथबाट मनिटर, सीपीयु, किबोर्ड र माउससहित १ थान कम्युटर सेट बरामद गरेको छ।

साथै, नोट छाप्न प्रयोग हुने पेपर, मसीसहितको मेसीन पनि प्रहरीले बरामद गरेको छ।

त्यस्तै, ३ वटा मोटरसाइकल, एउटा स्कुटर, स्मार्ट मोबाइल १० थान र सादा मोबाइल २ थान पनि बरामखद गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सेमिफाइनलमा अर्जेन्टिनाको अनुभव कि इंग्ल्यान्डको युवा जोश ?

राष्ट्रियसभामा आज प्रधानमन्त्री पनि उपस्थित हुने, महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने

सम्बन्धित

देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न

नक्कली शरणार्थी प्रकरणमा कसलाई कति सजाय ?

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु

गेट छेकेर पार्किङ गर्नेहरूलाई ट्राफिकको जरिवाना, घटनामाथि प्रश्न यथावत्

सुनसरीमा विद्युत कार्यालय धरानको गाडी दुर्घटना, २ जनाको मृत्यु

देशभर अधिकांश स्थानमा मध्यमसम्मको वर्षा, सावधानी अपनाउन आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu