ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वास्थ्य मन्त्रालयबाट धेरै राम्रा काम भएका छन् : प्रधानमन्त्री दाहाल


एबीसी न्यूज
२६ श्रावण २०८०, शुक्रबार   ४ : ३८   बजे

काठमाडौं, २६ साउन । प्रधानमन्त्री पुष्पकमल दाहालले आधारभूत स्वास्थ्यका सम्बन्धमा स्वास्थ्य मन्त्रालयबाट प्रसस्त राम्रा काम भएको भन्दै स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको प्रशंसा गरेका छन् ।

अन्य मन्त्रालयको तुलनामा हाल स्वास्थ्य मन्त्रालयबाट धेरै राम्रा काम भएको भन्दै उनले अब बजेट अभाव हुन नदिन नर्सिङ सेवामा देखिएका चुनौतीलाई नीतिगत सुधार गरैर लैजाने बताएका छन् ।

स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य मन्त्रालय सम्हालेको १ सय दिनको अवसरमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले उनको प्रशंसा गरेका हुन् । बस्नेतले गरेका काम देखेर अन्य मन्त्रीहरू दंग पर्ने भन्दै प्रधानमन्त्री दाहालले मन्त्री बस्नेतको प्रशंसा गरेका थिए । ‘१०० दिन पुगेको उपलक्ष्यमा प्रायस् यस्ता कार्यक्रम गरिँदैनन् र यस्ता कार्यक्रममा प्रधानमन्त्री गइहाल्ने धेरै आवश्यकता पनि हुँदैन । तर स्वास्थ्य मन्त्रालयमा जे कामको सुरुवात भएको देखें । जुन उत्साह र गतिका साथ मोहनबहादुरजी अगाडि जानुभएको छ उहाँले निम्त्याएपछि अन्त नगए पनि स्वास्थ्य मन्त्रालयमा जानुपर्छ भनेर उपस्थित भएँ,’ प्रधानमन्त्री दाहालले भने ।

यद्यपि उनले संविधानमा राम्रो कुरा लेखिएको तर व्यवहार तथा कार्यान्वयमा ल्याउन चुनौती देखिएको बताएका थिए । कार्यक्रममा स्वास्थ्यमन्त्री बस्नेतले भने अब कुने पनि नेपालकीको पैसा अभावमा मृत्यु नहुने प्रतिबद्धता व्यक्त गरेका थिए । ‘आधारभूत स्वास्थ्य पुर्‍याउन लागिपरेका छौं । सरकारी अस्पतालमा बिरामीको चाप बढेको छ । वीर अस्पतालमा ८ बजेदेखि ओपीडी सुरु गरेका छौं । फार्मेसी अनुगमन गरेका छौं । अस्पतालमा १० प्रतिशत बेड निःशुल्क लागू गरेका छौं,’ मन्त्री बस्नेतले भने ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेन र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता

सुनकोसीमा बेपत्ता तीन जना र कारको खोजी जारी, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu