ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सांसद सुनिल शर्मालाई थुनामा नराखी अनुसन्धान गर्न आदेश


एबीसी न्यूज
२६ श्रावण २०८०, शुक्रबार   ६ : २८   बजे

काठमाडौं २६ साउन । जिल्ला अदालत काठमाडौंले नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई थुनामा नराखी अनुसन्धान गर्न आदेश दिएको छ।

न्यायाधीश दण्डपाणि शर्माको इजलासले सांसद शर्मालाई थुनाबाहिरै राखेर अनुसन्धान अघि बढाउन केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईब० लाई आदेश दिएको हो।

शैक्षिक प्रमाण पत्र किर्ते आरोपमा बिहीबार काठमाडौंको गल्फुटारबाट पक्राउ परेका उनलाई सीआईबीले सरकारी वकिलको कार्यालयमार्फत शक्रबार जिल्ला अदालतमा उपस्थित गराएको थियो।

 

तर सीआईबीले माग गरेअनुसार शर्मालाई थुनामा राख्नुनपर्ने निष्कर्षसहित न्यायाधीश शर्माले यस्तो आदेश दिएका हुन्।

शर्मासहित उक्त प्रकरणमा पक्राउ परेका अन्य डाक्टरहरुलाई पनि जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा पेस गरेको थियो।

यो प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले दुई दिनमा ८ जनालाई पक्राउ गरेको थियो।

अदालतले यो प्रकरणमा पक्राउ परेका पाँच डाक्टरलाई भने हिरासतमा राख्ने अनुमति दिएको छ।

डा रामबाबु यादव, डा रञ्जित यादव, डा एलिना साह र डा अमित चौधरीलाई अदालतले हिरासतमा राख्न अनुमति दिएको हो। उनीहरू विभिन्न अस्पताल तथा मेडिकल कलेजमा कार्यरत रहेका थिए।

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पछिल्लो पटक शुक्रबार सुमेरु सिटी हस्पिटलमा कार्यरत ‘डा।’ पुनम थापा चौधरीलाई पक्राउ गरिएको थियो।

नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा पक्राउ पर्ने ‘डाक्टर’को संख्या ७ थियो।

यसअघि नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा डाक्टर बनेको आरोपमा मनित चौधरी, श्रद्धा शिल्पकार, रामबाबु यादव, रञ्जित यादव, एलिना साह र अमित चौधरी पक्राउ परेक थिए।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेन र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता

सुनकोसीमा बेपत्ता तीन जना र कारको खोजी जारी, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu