ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘यहाँ केही बोल्यो भने सुनिल शर्मा बनाइदिन्छन्’ : अध्यक्ष ओली


एबीसी न्यूज
२६ श्रावण २०८०, शुक्रबार   ७ : ५०   बजे

काठमाडौं २६ साउन ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्‌मा प्रतिपक्ष बोल्छ भनेर सत्तापक्षले बोल्नै नदिएको आरोप लगाएका छन्।

राजधानीमा आयोजित एक पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै शुक्रबार ओलीले प्रतिपक्ष बोल्न थाल्ने बित्तिकै प्रतिपक्षीले अवरोध गर्ने गरेको बताए।

‘यो सुन तस्करी काण्डमा प्रतिपक्ष बोल्छ भनेर सत्तापक्षले प्रतिपक्ष बोल्न थालेपछि महाभारको युद्धमा ‘अस्वस्थामा हतोहत नरवाकुन्जर चैव’ भन्ने पछिल्लो वाक्य सुन्नै दिएनन्,’ उनले भने, ‘अहिले त्यही गर्छ सत्तापक्ष। हामी उठेर डङडङडङ बजाएर सत्य उजागर हुन्छ भनेर बोल्न दिँदैन।’

साथै, उनले कांग्रेस सांसद सुनिल शर्मालाई फेक सर्टिफिकेटबारे गरिएको पक्राउको पनि विरोध गरे।

‘सुनिल शर्मा फेक सर्टिफिकेट यही दुई दिनमा बनाएको हो ? सरकारको आलोचना गरेपछि। अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा गर भनेपछि,’ उनले भने, ‘त्यसको गहिराइसम्म पुगौं, यसले अन्तर्राष्ट्रिय सम्बन्ध बिगार्ने भइसक्यो हाम्रो। भारत एकदमै गम्भीर ढंगले प्रश्न गरिरहेको छ कि हाम्रो अर्थतन्त्रमा गम्भीर समस्या भयो।’

उनले शर्मालाई अहिले नै किन पक्राउ गरिएको भन्दै प्रश्न समेत गरे।

‘यस्तो के भइरहेको छ ? सुनिल शर्मालाई तत्काल पक्राउ गरेको किनरु जाली सर्टिफिकेट भएको मान्छे किन लुकाउनुभयोरु किन उम्मेदवार बनाउनुभयोरु हैन भने किन समात्या ?,’ ओलीले भने, ‘साँचै हो भनेपनि अहिले नै पक्राउ गर्नुपर्ने किन ? अब कोही बोल त, सुनिल शर्मा बनाइदिन्छन्।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेन र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता

सुनकोसीमा बेपत्ता तीन जना र कारको खोजी जारी, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu