ओखलढुंगा, २३ माघ । सिद्धिचरण नगरपालिकाले घरको नक्सा बनाएको रकम निर्धारण गरेको छ । निजी कन्सल्टेन्सीहरुले सेवाग्राही बाट मनपरि रकम लिएको गुनासो आएपछि नगरपालिकाले घरको नक्सा बनाएको रकम पाँच हजारभन्दा बढी लिनेलाई कारवाही गर्ने भएको हो ।
भूकम्प पीडितहरुले नगरपालिकामा गुनासो गरेपछि पाँच हजारभन्दा बढी रकम नलिन भनिएको र लगेमा कारर्वाही गरिने मेयर मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
नगरपालिकामा दर्ता गरेर सञ्चालित कन्सल्टेन्सीहरुलाई नगरपालिकाले दर निर्धारण नै गरेर बढी लिए अनुगमन गरेर कारवाही गर्ने जानकारी दिइएको छ । नगरपालिकाले आन्तरिक स्रोत बृद्धि गर्न एकिकृत सम्पति कर लागु गर्ने तयारी पनि
प्रतिक्रिया दिनुहोस्