काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मातहतका विभिन्न सार्वजनिक निकाय, परिषद्, बोर्ड तथा अस्पताल विकास समितिमा रिक्त रहेका पदका लागि आवेदन आह्वान गरेको छ।
मन्त्रालयले सम्बन्धित ऐन, नियमावली वा गठन आदेशबमोजिम न्यूनतम शैक्षिक योग्यता, कार्यअनुभव तथा अन्य आवश्यक सर्त पूरा गरेका नेपाली नागरिकलाई रोष्टर सूचीमा सूचीकृत हुन आह्वान गरेको हो।
मन्त्रालयका अनुसार आयुर्वेद चिकित्सा परिषद्, नेपाल नर्सिङ परिषद्, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, नेपाल फार्मेसी परिषद्, स्वास्थ्य बीमा बोर्ड र नेपाल मेडिकल काउन्सिलमा सदस्य पदका लागि रोष्टर खुला गरिएको छ।
त्यस्तै डडेलधुरा अस्पताल, भरतपुर अस्पताल, भेरी अस्पताल, सिंहदरबार वैद्यखाना र कोशी अस्पताल विकास समितिमा अध्यक्ष तथा सदस्य पदका लागि आवेदन दिन सकिनेछ।
नारायणी अस्पताल र जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा सदस्य पदका लागि पनि रोष्टरमा सूचीकृत हुन सकिने मन्त्रालयले जनाएको छ।
इच्छुक उम्मेदवारले आवश्यक कागजातसहित २०८३ भदौ ८ गतेसम्म आवेदन दिनुपर्नेछ। मन्त्रालयले तोकिएको योग्यता तथा मापदण्ड पूरा गर्ने उम्मेदवारलाई सम्बन्धित पदका लागि रोष्टरमा सूचीकृत गर्ने जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्