ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जापानिज इन्सेफलाइटिसबाट १६ जनाको मृत्यु, ५८ जनामा संक्रमण पुष्टि


ABC NEWS
१ भदौ २०८३, सोमबार   ९ : ४५   बजे

काठमाडौँ । नेपालमा जापानिज इन्सेफलाइटिसको संक्रमण बढ्दै गएको छ। साउनदेखि कात्तिकसम्म संक्रमण बढी देखिने भए पनि मनसुन सुरु भएसँगै क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट सर्ने यो रोगको जोखिम बढेको हो।

परिवार कल्याण महाशाखाका अनुसार हालसम्म २१ जिल्लाका ४३ स्थानीय तहमा ५८ जनामा जापानिज इन्सेफलाइटिस संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये १६ जनाको मृत्यु भएको छ।

परिवार कल्याण महाशाखाअन्तर्गत बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार संक्रमितमध्ये करिब ९० प्रतिशतले जापानिज इन्सेफलाइटिसविरुद्धको खोप लगाएका छैनन्।

सरकारले राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत १२ महिनाका बालबालिकालाई जापानिज इन्सेफलाइटिसविरुद्धको खोप निःशुल्क दिँदै आएको छ। कुनै कारणले खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिकाले नजिकको स्वास्थ्य संस्थामा गएर खोप लगाउन सक्ने व्यवस्था छ।

जापानिज इन्सेफलाइटिस भाइरसबाट हुने मस्तिष्कको संक्रमण हो। यसले स्नायु प्रणालीमा गम्भीर असर पुर्‍याउन सक्छ। संक्रमणपछि १५ देखि ३० प्रतिशत बिरामीको मृत्यु हुने गरेको तथ्याङ्क छ भने बाँचेकामध्ये केहीमा दीर्घकालीन शारीरिक तथा मानसिक समस्या देखिन सक्छ।

बालबालिका बढी जोखिममा

बालबालिका, खोप नलगाएका व्यक्ति, तराईका जिल्लामा बसोबास गर्ने तथा कृषि क्षेत्रमा काम गर्ने व्यक्ति बढी जोखिममा रहने चिकित्सकहरू बताउँछन्। सुँगुर वा हाँसपालन फार्म आसपास बस्ने व्यक्तिसमेत जोखिममा पर्न सक्छन्।

जापानिज इन्सेफलाइटिस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन। संक्रमित सुँगुर, बङ्गुर वा जङ्गली चरालाई टोकेको लामखुट्टेले मानिसलाई टोकेमा भाइरस मानिसमा सर्न सक्छ।

यस्ता छन् लक्षण

ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने र कमजोरी महसुस हुने प्रारम्भिक लक्षण हुन्।

उच्च ज्वरोसँगै बेहोस हुने, झट्का आउने, शरीरमा कम्पन हुने, हिँड्न वा बोल्न कठिन हुने तथा मानसिक अवस्था परिवर्तन हुनेजस्ता लक्षण देखिए गम्भीर अवस्था हुन सक्ने भएकाले तत्काल स्वास्थ्य संस्थामा पुग्न चिकित्सकले सुझाव दिएका छन्।

खोप नै मुख्य सुरक्षा

जापानिज इन्सेफलाइटिसबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय खोप भएको डा. गौतमले बताएका छन्।

लामखुट्टेको टोकाइबाट बच्न घर वरिपरि पानी जम्न नदिने, झाडी तथा फोहोर हटाउने र पानी राख्ने भाँडा छोपेर राख्नुपर्छ। राति सुत्दा झुल प्रयोग गर्ने तथा बाहिर निस्कँदा र खेतबारीमा काम गर्दा लामो बाहुला भएका कपडा लगाउन चिकित्सकको सुझाव छ।

लामखुट्टे धपाउने मलम, धूप वा स्प्रे प्रयोग गर्नसमेत स्वास्थ्यकर्मीले आग्रह गरेका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

दुर्गा प्रसाईँसँग वार्ता गर्न सरकारले समिति गठन गर्‍यो

कांग्रेसलाई ‘बिग टेन्ट’ पार्टीका रूपमा पुनर्गठन गर्न डिला संग्रौलाको जोड

सम्बन्धित

स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न निकायका रिक्त पदका लागि आवेदन आह्वान

‘मेरो अनुहारका कारण भोट आएन भने मलाई हराएर नेतृत्व लिनुस्’ : गगन थापा

उपत्यकाका सडकमा तार व्यवस्थापन अभियान तीव्र, बन्डलिङ भए पनि ट्यागिङ र फिनिसिङमा समस्या

हर्क साम्पाङको प्रस्ताव : ‘नेपाल–भारत खुला सीमा बन्द गरौँ, भिसा प्रणाली लागू गरौँ’

हेटौंडा सिमेन्ट उद्योग संकटमा : ‘एक वर्षदेखि तलब छैन, कर्मचारीको मृत्यु हुन थाल्यो’

रास्वपा सांसद गेलालको मन्त्रीलाई सुझाव : ‘देश घुम्नुभन्दा मन्त्रालयमै बसेर समस्या समाधान गर्नुस्’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu