ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हर्क साम्पाङको प्रस्ताव : ‘नेपाल–भारत खुला सीमा बन्द गरौँ, भिसा प्रणाली लागू गरौँ’


ABC NEWS
१ भदौ २०८३, सोमबार   ८ : १५   बजे

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नेपाल र भारतबीचको खुला सीमा बन्द गरी आवागमनमा भिसा प्रणाली लागू गर्नुपर्ने प्रस्ताव गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै साम्पाङले खुला सीमाका कारण नागरिकको आवागमनको यकिन अभिलेख राख्न कठिन भएको भन्दै नेपाल–भारत सीमा व्यवस्थापनलाई नयाँ ढङ्गले अघि बढाउनुपर्ने बताए।

“भारत र नेपालबीचको खुला सीमा राख्न हुँदैन। भिसा सिस्टम बनाऔँ, सिल गरौँ। ताकि थाहा होस् कति नेपाली भारत गएर बसिरहेका छन्, कति लाख भारतीय नेपालमा आएर बसिरहेका छन्,” उनले भने।

‘खुला सीमाका कारण अपराध बढ्यो’

साम्पाङले खुला सीमाका कारण मानव बेचबिखनलगायत विभिन्न आपराधिक गतिविधि बढिरहेको दाबी गरे।

उनका अनुसार दुई देशबीच नागरिकको आवतजावत खुला हुँदा सीमा पार गर्ने व्यक्तिको व्यवस्थित अभिलेख राख्न नसकिने र यसले सुरक्षा चुनौती सिर्जना गर्ने गरेको छ।

“दुनियाँमा कतै नभएको भारत र नेपालको सिमाना चाहिँ खुला हुनुपर्ने?” प्रश्न गर्दै उनले सीमा बन्द गरी भिसा प्रणाली लागू गर्नुपर्ने बताए।

उनले दुई देशका नागरिकको आवतजावतको व्यवस्थित रेकर्ड राख्नुपर्नेमा समेत जोड दिए।

‘आवागमनको रेकर्ड आवश्यक’

साम्पाङले सीमा व्यवस्थापनलाई राष्ट्रिय सुरक्षासँग जोडेर हेर्नुपर्ने बताए। भिसा प्रणाली लागू भए नेपालबाट भारत जाने र भारतबाट नेपाल आउने नागरिकको विवरण व्यवस्थित रूपमा राख्न सकिने उनको तर्क छ।

उनका अनुसार यस्तो व्यवस्थाले सीमा क्षेत्रमा हुने मानव बेचबिखन, अवैध ओसारपसार तथा अन्य आपराधिक गतिविधि नियन्त्रणमा सहयोग पुग्न सक्छ।

नेपाल र भारतबीच लामो समयदेखि कायम रहेको खुला सीमा दुई देशबीचको विशेष सम्बन्धको महत्वपूर्ण पक्ष रहँदै आएको छ। साम्पाङको पछिल्लो प्रस्तावले भने खुला सीमा, सीमा सुरक्षा, नागरिक आवागमन र दुई देशबीचको सम्बन्धको भविष्यबारे नयाँ राजनीतिक बहस निम्त्याउने देखिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानन्यायाधीश शर्माका निर्णयविरुद्ध परेका दुवै रिट दर्ता भएनन्

मनोरञ्जन क्षेत्रलाई मर्यादित र सुरक्षित बनाउन श्रमिकको अधिकार सुनिश्चित गर्न माग

सम्बन्धित

एनसेलका विगतका विवाद कानुनअनुसार निरुपण हुन्छन् : सञ्चारमन्त्री तिमिल्सिना

लगानी र व्यवसायिक विश्वास बढाउन निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

रुपाकोट रिसोर्टको आईपीओ निष्कासनका लागि एनआईसी एशिया क्यापिटल नियुक्त

बाढीले पुल बगाएपछि तुइनको सहारामा स्थानीयवासी

आशिकाको व्यवहारप्रति रास्वपाकै सांसदको आपत्ति, आचरण सच्याउन सुझाव

स्याङ्जामा साउनमा २४ अपराधका मुद्दा दर्ता, १९ जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu