ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मनोरञ्जन क्षेत्रलाई मर्यादित र सुरक्षित बनाउन श्रमिकको अधिकार सुनिश्चित गर्न माग


ABC NEWS
२ भदौ २०८३, मंगलबार   १० : १५   बजे

पोखरा । पोखरामा आयोजित एक अन्तरक्रिया कार्यक्रममा मनोरञ्जन क्षेत्रलाई मर्यादित, सुरक्षित र श्रमिकमैत्री बनाउन सरोकारवालाले प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिएका छन् ।

शुभ अवसर ग्राम नेपालको आयोजनामा मंगलबार भएको ‘मनोरञ्जन क्षेत्रलाई मर्यादित र सुरक्षित बनाउन सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रियामा सहभागीले मनोरञ्जन क्षेत्रमा कार्यरत महिला श्रमिकको अधिकार सुनिश्चित गर्नुपर्ने बताएका हुन् ।

कार्यक्रमका क्रममा पोखराका विभिन्न मनोरञ्जन क्षेत्रमा कार्यरत महिला श्रमिकले आफ्ना न्यूनतम अधिकार सुनिश्चित गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय कास्की तथा सम्बन्धित सरोकारवाला निकायलाई संयुक्त ज्ञापनपत्र बुझाएका छन् ।

श्रमिकहरूले सरकारले तोकेको न्यूनतम पारिश्रमिक, लिखित श्रम सम्झौता, सुरक्षित कार्यस्थल, स्वास्थ्य तथा दुर्घटना बिमा र सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्धताको माग गरेका छन् । उनीहरूले सरकारले तोकेको १९ हजार रुपैयाँ न्यूनतम पारिश्रमिक तथा अतिरिक्त कामको छुट्टै भुक्तानी सुनिश्चित गर्न माग गरेका हुन् ।

महिला श्रमिकले कार्यस्थलमा छुट्टै चेन्जिङ रुम, महिनावारीका बेला स्यानिटरी प्याडको व्यवस्था, बिना पूर्वसूचना कामबाट नहटाउने तथा रात्रिकालीन कामपछि सुरक्षित रूपमा घर फर्कने यातायातको व्यवस्था गर्न पनि माग गरेका छन् ।

ज्ञापनपत्र बुझ्दै कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले कानुनी मापदण्ड पालना नगर्ने तथा श्रमिक शोषण गर्ने व्यवसायीमाथि कडा कारबाही गर्ने बताए । सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिई १०–१२ हजार रुपैयाँमा काम लगाउनु श्रम शोषण भएको उनको भनाइ छ ।

उनले साउन्डप्रुफ कोठा, महिला तथा पुरुषका लागि छुट्टाछुट्टै शौचालय र चेन्जिङ रुमको व्यवस्था नगर्ने व्यवसायको अनुगमन गरी कारबाही तीव्र पारिने बताए ।

श्रम तथा रोजगार कार्यालय कास्कीका प्रमुख चण्डिका ढकालले मनोरञ्जन क्षेत्रमा बालबालिकाको प्रयोग हुनु गम्भीर विषय भएको भन्दै बालश्रम उन्मूलनका लागि सबै सरोकारवाला जिम्मेवार बन्नुपर्ने बताए ।

पश्चिमाञ्चल होटल संघका अध्यक्ष लक्ष्मण सुवेदीले व्यवसायीले सरकारले तोकेको न्यूनतम पारिश्रमिक दिनुपर्ने बताए । पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएकाले २४ घण्टा व्यवसाय सञ्चालन गर्दा निर्धारित मापदण्ड पालना र श्रमिकको हित संरक्षणमा ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

टान गण्डकीका अध्यक्ष कृष्ण आचार्यले ज्ञापनपत्र बुझाउने परम्पराभन्दा माथि उठेर माग कार्यान्वयनमा लैजानुपर्ने बताए । स्थानीय तहले व्यवसाय दर्ताकै क्रममा आचारसंहिता कडाइका साथ लागू गर्नुपर्ने र आंशिक तथा मौसमी श्रमिकका लागि समेत सामाजिक सुरक्षाको स्पष्ट नीति बनाउनुपर्ने उनले सुझाव दिए ।

पर्यटन व्यवसायी महिला संघ नेपाल पोखराकी अध्यक्ष शोभा पाण्डेले दक्ष जनशक्तिको अभाव तथा छोटो समय काम गर्ने श्रमिकको सामाजिक सुरक्षाका विषयमा स्पष्ट नीति आवश्यक रहेको बताइन् ।

वडा प्रहरी कार्यालय बैदामका प्रमुख डीएसपी सूर्यबहादुर बोगटीले व्यवसाय सञ्चालनसम्बन्धी मापदण्ड तथा निर्देशिका पालना नगर्दा समस्या उत्पन्न भएको बताए । उनले श्रमिकमाथि हुने दुर्व्यवहार तथा अन्य समस्या रोक्न उजुरी गर्ने वातावरण बनाउनुपर्ने र अपराधको सुरुवाती चरणमै हस्तक्षेप गर्नुपर्नेमा जोड दिए ।

राष्ट्रिय बाल अधिकार परिषद् गण्डकीका संयोजक बद्रीप्रसाद वाग्लेले बालश्रमको सूचना प्राप्त भए तत्काल उद्धार गरिने र उद्धारको खर्च सरकारले बेहोर्ने बताए । उमेर प्रमाणित नगरी बालबालिकालाई काममा नलगाउन उनले व्यवसायीलाई आग्रह गरे ।

कार्यक्रममा गैरसरकारी संस्था महासंघ गण्डकी, राष्ट्रिय मानवअधिकार आयोग गण्डकीलगायतका प्रतिनिधिले सुरक्षित श्रमस्थल र मर्यादित व्यवसाय सञ्चालनका विषयमा धारणा राखेका थिए ।

कार्यक्रमकी अध्यक्ष सिस्टर एन्थोनिया सोसाईले श्रमिकको आत्मसम्मानमा ठेस पुर्‍याएर कमाएको नाफाको अर्थ नहुने बताउँदै श्रम मापदण्ड पालना नगर्ने व्यवसायको नवीकरण रोक्न सरकारसँग आग्रह गरिन् ।

कार्यक्रममा पोखराका दोहोरी साँझ, रेस्टुरेन्ट तथा रात्रिकालीन व्यवसायमा कार्यरत श्रमिक, व्यवसायी र विभिन्न सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता थियो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानन्यायाधीश शर्माका निर्णयविरुद्ध परेका दुवै रिट दर्ता भएनन्

राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सक्ने सरकारको लक्ष्य

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Trump Declares Strait of Hormuz ‘New US Territory,’ Sparks Iranian Condemnation

Greek Oil Tanker Attacked in Black Sea After Visit to Russian Terminal

Democrats Seek to Limit Military Action After Trump Threatens Oman

Disney Sues FCC, Alleging Political Retaliation Over ABC News Coverage

Iran Braces for Economic Pressure as US Threatens New Sanctions

एनसेलका विगतका विवाद कानुनअनुसार निरुपण हुन्छन् : सञ्चारमन्त्री तिमिल्सिना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu