ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘मेरो अनुहारका कारण भोट आएन भने मलाई हराएर नेतृत्व लिनुस्’ : गगन थापा


ABC NEWS
१ भदौ २०८३, सोमबार   ९ : ३५   बजे

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो नेतृत्व र अनुहारका कारण पार्टीले अपेक्षित मत प्राप्त गर्न नसकेको भन्ने आलोचनाप्रति असन्तुष्ट पक्षलाई विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्न चुनौती दिएका छन्।

सोमबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै थापाले आफ्नो अनुहारका कारण कांग्रेसले मत नपाएको निष्कर्ष हो भने अर्को उम्मेदवार खडा गरेर आफूलाई नेतृत्वबाट हटाउन सकिने बताए।

“मेरो अनुहारका कारण भोट नआएको र मेरो ठाउँमा अरू कसैको अनुहार भएको भए धेरै भोट आउँथ्यो भन्ने कुरा पनि उठेको रहेछ। होला पनि। त्यसो हो भने यही विषय अधिवेशनमा लिएर गए हुन्छ,” थापाले भने, “महाधिवेशनमा अर्को साथीले नेतृत्वका लागि प्रतिस्पर्धा गर्न सक्नुहुन्छ र मलाई हराएर पार्टीको नेतृत्व सम्हाल्न सक्नुहुन्छ।”

उनले लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व परिवर्तन गर्न असन्तुष्ट पक्षलाई आह्वान गर्दै अधिवेशनमा सबैको सहभागिता, निष्पक्षता र समान अवसर सुनिश्चित गर्नुपर्ने बताए।

“त्यसका लागि अधिवेशनमा सबैको सहभागिता, निष्पक्षता र समान अवसर सुनिश्चित हुने वातावरण बनाउनुपर्छ। के–कस्ता सर्त र प्रक्रियाले सबैलाई अधिवेशन निष्पक्ष र न्यायपूर्ण भएको महसुस हुन्छ, त्यसका लागि हामी छलफल गर्न र आवश्यक व्यवस्था गर्न तयार छौँ,” उनले भने।

थापाले पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन र नेतृत्वको विषयलाई पारदर्शी ढङ्गले टुंग्याउन आफू सधैँ सकारात्मक रहेको बताए।

उनले कांग्रेसको अधिवेशन सबैको सहभागिता र निष्पक्ष प्रतिस्पर्धाका आधारमा हुनुपर्नेमा जोड दिँदै त्यसका लागि आवश्यक प्रक्रिया र व्यवस्थाबारे छलफल गर्न आफू तयार रहेको स्पष्ट पारे।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कर्णालीमा सत्ता गठबन्धनमा खटपट : विश्वासको मतअघि नै एमाले–नेकपा आमनेसामने

अदालतको आदेश हुँदाहुँदै वीरगञ्जमा एनटीसीको भवन भत्काइयो, टेलिकमको आपत्ति

सम्बन्धित

डलरसहित अधिकांश विदेशी मुद्राको भाउ बढ्यो, राष्ट्र बैंकले नयाँ विनिमयदर तोक्यो

स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न निकायका रिक्त पदका लागि आवेदन आह्वान

जापानिज इन्सेफलाइटिसबाट १६ जनाको मृत्यु, ५८ जनामा संक्रमण पुष्टि

उपत्यकाका सडकमा तार व्यवस्थापन अभियान तीव्र, बन्डलिङ भए पनि ट्यागिङ र फिनिसिङमा समस्या

हर्क साम्पाङको प्रस्ताव : ‘नेपाल–भारत खुला सीमा बन्द गरौँ, भिसा प्रणाली लागू गरौँ’

हेटौंडा सिमेन्ट उद्योग संकटमा : ‘एक वर्षदेखि तलब छैन, कर्मचारीको मृत्यु हुन थाल्यो’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu