ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हेटौंडा सिमेन्ट उद्योग संकटमा : ‘एक वर्षदेखि तलब छैन, कर्मचारीको मृत्यु हुन थाल्यो’


ABC NEWS
१ भदौ २०८३, सोमबार   ८ : १५   बजे

काठमाडौं । मकवानपुर क्षेत्र नम्बर १ का सांसद प्रकाश गौतमले नेपालको औद्योगिक गौरवका रूपमा चिनिँदै आएको हेटौंडा सिमेन्ट उद्योग गम्भीर संकटमा परेको भन्दै सरकारको तत्काल ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै गौतमले उद्योग पूर्ण रूपमा बन्द हुँदा त्यहाँ कार्यरत कर्मचारी र उनीहरूका परिवार गम्भीर मानवीय संकटमा परेको बताए।

उनका अनुसार उद्योगसँग आफ्नै मेसिन, चुनढुंगा खानी, दक्ष जनशक्ति र बजारको सम्भावना हुँदाहुँदै पनि उत्पादन रोकिएको छ। उद्योगका कर्मचारीले पछिल्लो एक वर्षदेखि तलबसमेत पाउन नसकेको उनले संसद्लाई जानकारी गराए।

“उद्योगसँग आफ्नै मेसिन, चुनढुंगा खानी, दक्ष जनशक्ति र बजारको सम्भावना हुँदाहुँदै पनि हाल उत्पादन पूर्ण रूपमा बन्द रहेको छ,” गौतमले भने।

‘स्कुल शुल्क तिर्न नसक्दा परिवारमा पीडा’

सांसद गौतमले लामो समयदेखि तलब नपाउँदा उद्योगका कर्मचारी आर्थिक रूपमा चरम संकटमा परेको बताए।

उनका अनुसार कतिपय कर्मचारीले बालबालिकाको विद्यालय शुल्कसमेत तिर्न नसकेको अवस्था छ। ऋण लिएर दैनिक जीवन धान्दै आएका कर्मचारीले अब थप ऋण लिने ठाउँसमेत नपाएको उनले बताए।

“कर्मचारीहरूले पछिल्लो एक वर्षदेखि तलब पाउन सकेका छैनन्। उद्योगले ऋण लिने ठाउँसमेत बाँकी छैन। बालबालिकाको स्कुल शुल्क तिर्न नसकेर धेरै परिवार चरम मानसिक तथा पारिवारिक पीडामा बाँचिरहेका छन्,” उनले भने।

‘७५ कर्मचारीमध्ये ३–४ जनाको मृत्यु’

उद्योग सञ्चालन हुने आशामा रहेका करिब ७५ जना कर्मचारीमध्ये केहीको मृत्यु भइसकेको जानकारी पनि गौतमले संसद्मा दिए।

उनका अनुसार उत्पादन पुनः सुरु हुने र आफ्नो जीवनभरको श्रमको प्रतिफल पाउने आशामा रहेका कर्मचारीमध्ये ३–४ जनाको निधन भइसकेको छ।

“उनीहरूले जीवनभरको पसिनाको प्रतिफलसमेत नपाएरै बिदा हुनुपरेको छ,” गौतमले भने।

उनले हेटौंडा सिमेन्टको समस्या केवल घाटा, ऋण वा व्यवस्थापनको विषय नभई कर्मचारी र उनीहरूको परिवारको जीवनसँग जोडिएको गम्भीर मानवीय संकट भएको बताए।

‘सरकारको इच्छाशक्ति भए उद्योग चलाउन सकिन्छ’

गौतमले हेटौंडा सिमेन्ट उद्योग पुनः सञ्चालन गर्न सरकारसँग दृढ इच्छाशक्ति आवश्यक रहेको बताए।

उनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराउँदै तत्काल दक्ष व्यवस्थापन टोली खटाउन माग गरे।

त्यसैगरी आवश्यक बजेट सुनिश्चित गरी उद्योगको बक्यौता तथा दायित्व व्यवस्थापन गर्न र उत्पादनलाई पूर्ण क्षमतामा फर्काउन उनले सरकारसँग आग्रह गरे।

उनले भने, “सरकारसँग दृढ इच्छाशक्ति छ भने हेटौंडा सिमेन्ट उद्योग सञ्चालन गर्न कुनै असम्भव छैन।”

औद्योगिक सम्पत्ति जोगाउन सरकारमाथि दबाब

हेटौंडा सिमेन्ट उद्योगसँग उत्पादनका लागि आवश्यक पूर्वाधार, आफ्नै चुनढुंगा खानी र अनुभवी जनशक्ति हुँदाहुँदै लामो समयसम्म बन्द रहनु राज्यको औद्योगिक व्यवस्थापनमाथि गम्भीर प्रश्न भएको सांसद गौतमको भनाइ छ।

उनले उद्योगलाई बन्द वा कमजोर बनाउनेभन्दा पुनर्संरचना र प्रभावकारी व्यवस्थापनमार्फत सञ्चालनमा ल्याउनुपर्ने बताए।

संसद्मा उठेको यो विषयले लामो समयदेखि समस्याग्रस्त सार्वजनिक संस्थानलाई सरकारले कसरी व्यवस्थापन गर्ने भन्ने बहसलाई समेत पुनः सतहमा ल्याएको छ। हेटौंडा सिमेन्टको पुनः सञ्चालनसँगै कर्मचारीको पारिश्रमिक, उद्योगको ऋण तथा दायित्व र व्यवस्थापन सुधारलाई सरकारले एकसाथ सम्बोधन गर्नुपर्ने देखिन्छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानन्यायाधीश शर्माका निर्णयविरुद्ध परेका दुवै रिट दर्ता भएनन्

राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सक्ने सरकारको लक्ष्य

सम्बन्धित

एनसेलका विगतका विवाद कानुनअनुसार निरुपण हुन्छन् : सञ्चारमन्त्री तिमिल्सिना

लगानी र व्यवसायिक विश्वास बढाउन निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

रुपाकोट रिसोर्टको आईपीओ निष्कासनका लागि एनआईसी एशिया क्यापिटल नियुक्त

बाढीले पुल बगाएपछि तुइनको सहारामा स्थानीयवासी

आशिकाको व्यवहारप्रति रास्वपाकै सांसदको आपत्ति, आचरण सच्याउन सुझाव

स्याङ्जामा साउनमा २४ अपराधका मुद्दा दर्ता, १९ जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu