ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रास्वपा सांसद गेलालको मन्त्रीलाई सुझाव : ‘देश घुम्नुभन्दा मन्त्रालयमै बसेर समस्या समाधान गर्नुस्’


ABC NEWS
१ भदौ २०८३, सोमबार   ८ : ०५   बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पारसमणि गेलालले सरकारका मन्त्रीहरूलाई देश घुम्नेभन्दा मन्त्रालयमै बसेर जनताका समस्या समाधान गर्ने नीति बनाउन सुझाव दिएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै गेलालले सरकारको आलोचना गर्न नभई जनताले भोगिरहेका समस्या सरकारसमक्ष पुर्‍याउन आफूले आवाज उठाइरहेको बताए।

“मैले सरकारको विरोध गरेको सुनिएला। तर होइन। मैले जनताका आवाज सरकारलाई सुनाउन खोज्दै छु,” उनले भने।

मन्त्रीहरूलाई लक्षित गर्दै उनले प्रश्न गरे, “तपाईंहरू देश घुम्ने रहर हो कि समस्या समाधान गर्ने हुटहुटी?”

उनले मन्त्रीहरू बिदामा घुम्न गएजस्तो देश दौडिनुभन्दा मन्त्रालयमा बसेर नीति निर्माण र कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए।

गेलालले देशका १६५ निर्वाचन क्षेत्रका समस्या र तिनको समाधानका उपायबारे सम्बन्धित क्षेत्रका सांसदहरूले सरकारलाई जानकारी दिन सक्ने बताए।

त्यसका लागि ठूलो संख्यामा सल्लाहकार नियुक्त गरेर राज्यको ढुकुटीमाथि अतिरिक्त भार पार्न आवश्यक नरहेको उनको भनाइ छ।

“देशका १६५ निर्वाचन क्षेत्रका समस्या र समाधानका उपायहरू समेत त्यस क्षेत्रका सांसदहरूले दिन सक्नुहुन्छ। त्यसका लागि जम्बो सल्लाहकार राखेर राज्यको ढुकुटी रित्याउन आवश्यक छैन,” उनले भने।

‘मन्त्रीलाई हेलिकोप्टर, जनतालाई अस्पताल पुग्ने साधन छैन’

सांसद गेलालले जनताले दैनिक रूपमा भोगिरहेका आधारभूत आवश्यकतासम्बन्धी समस्याप्रति सरकार गम्भीर हुनुपर्ने बताए।

उनका अनुसार नागरिक अहिले ग्यास, मल, सञ्चार, विद्युत्, सार्वजनिक सेवा तथा आधारभूत स्वास्थ्य सेवाका लागि संघर्ष गरिरहेका छन्।

सरकार र आम नागरिकबीच सेवा सुविधाको पहुँचमा रहेको असमानताप्रति कटाक्ष गर्दै उनले भने, “मन्त्रीलाई सामान्य रुघा लाग्दा हेलिकोप्टर उपलब्ध हुन्छ। तर जनता मर्न लाग्दा अस्पताल पुग्ने साधन हुँदैन, अस्पतालमा डाक्टर हुँदैनन्।”

उनले राज्यको स्रोत र सुविधा पहुँचवालाको सुविधामा मात्र केन्द्रित हुन नहुने बताए।

गेलालले मन्त्रीहरूका गतिविधि र प्रचार सामग्री सार्वजनिक हुँदैमा जनताले सरकारको कामको अनुभूति गर्न नसक्ने बताए।

उनका अनुसार सामाजिक सञ्जालमा मन्त्रीहरूका भिडियो र प्रचार देखाउनेभन्दा नागरिकको घरदैलोमा वास्तविक समस्या समाधान भएको अनुभूति पुग्न आवश्यक छ।

“जनताको घरघरमा मन्त्री पुगेको होइन, सरकारका कारण समस्या समाधान भएको अनुभूति पुग्नुपर्छ,” उनले भने।

उनले सरकारको कामको मूल्याङ्कन मन्त्रीहरू कति ठाउँ पुगे भन्ने आधारमा नभई नागरिकका समस्या कति समाधान भए भन्ने आधारमा हुनुपर्ने बताए।

‘देश नघुम्नुस्, समस्या समाधान गर्नुस्’

गेलालले सरकारका मन्त्रीहरूलाई स्पष्ट सन्देश दिँदै भने, “देश नघुम्नुस्, देशको समस्या समाधान गर्नुस्।”

उनले सरकारमा नयाँ अनुहार आए पनि काम गर्ने शैली पुरानै देखिन थालेको भन्दै जनतामा निराशा बढ्न थालेको बताए।

“अनुहार मात्रै फेरियो भनेर जनताले भन्न थालिसकेका छन्,” उनले भने।

सरकारले जनताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका समस्या समाधानमा तत्काल परिणाम देखाउन नसके नयाँ राजनीतिक शक्तिप्रतिको जनविश्वाससमेत कमजोर हुन सक्ने उनको चेतावनी थियो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बागमतीमा नयाँ सरकार गठनको तयारी, एमालेभित्रै मुख्यमन्त्रीको दाबीलाई लिएर रस्साकस्सी

समय र सामाजिक आवश्यकताअनुसार कानुन परिमार्जन गर्नुपर्छ : सभामुख अर्याल

सम्बन्धित

उपत्यकाका सडकमा तार व्यवस्थापन अभियान तीव्र, बन्डलिङ भए पनि ट्यागिङ र फिनिसिङमा समस्या

हर्क साम्पाङको प्रस्ताव : ‘नेपाल–भारत खुला सीमा बन्द गरौँ, भिसा प्रणाली लागू गरौँ’

हेटौंडा सिमेन्ट उद्योग संकटमा : ‘एक वर्षदेखि तलब छैन, कर्मचारीको मृत्यु हुन थाल्यो’

बलेवा कालभैरव : आस्था, परम्परा र कृषिसंस्कृतिको संगम बनेको हरेलो मेला

‘हजारौँलाई जेल लान सक्छु’ भनेपछि इन्दिरा रानामगरलाई सभामुखको चेतावनी : ‘विषयवस्तुबाट बाहिर जानुभयो’

नेपाल–चीन आर्थिक सम्बन्धलाई व्यापार र लगानी साझेदारीमा रूपान्तरण गर्न छलफल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu