ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्या भण्डारी देखाएर एमालेमा समस्या ल्याउने प्रयास हुँदै छ : ओली


एबीसी न्यूज
२८ श्रावण २०८०, आइतबार   २ : १६   बजे

काठमाडौं, २८ साउन । प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र समस्या ल्याउन सकिन्छ कि भनेर कोसिस भइरहेको टिप्पणी गरेका छन् ।

पार्टी मुख्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा ल्याउने प्रयास भइरहेकोबारे सञ्चारकर्मीको जिज्ञासामा त्यस्तो बताएका हुन् । उनले भण्डारी पार्टीका सबै नेताहरुको आदरणीय व्यक्तित्व भएको समेत बताए ।

“पूर्वराष्ट्रपति विद्या भण्डारीजी हाम्रो पार्टीका सबै नेताहरुको राष्ट्रपति भएर एउटा आदरणीय व्यक्तित्व पनि हुनुहुन्छ । त्योभन्दा अघि हाम्रो नजिकको मित्र हो नि,” ओलीले भने, “हाम्रो पार्टीको उपाध्यक्ष नै हो नि । हाम्रो पार्टीको आदरणीय व्यक्ति नै हो नि ।”

पार्टीका नेताहरुले भण्डारीलाई भेट्नु नौलो कुरा नभएको ओलीको भनाइ छ । उनले भेटेका कुरालाई मलजल नगर्न आग्रह समेत गरे ।

“हामीमध्ये कसैले भेट्नु ठूलो कुरा होइन । विष्णु पौडेलजीले मात्रै होइन । मैले पनि कुरा गरेको छु । अरुले पनि कुरा गर्नुभएको छ,” ओलीले भने, “कुरा गरेको विषयलाई कार्ड नै छपाएर लैजानुभयो होला त । पार्टीमा आइदिनुपर्यो भनेर निम्ता गर्न । यो खालका प्रयासहरुलाई साथीहरुले मलजल कहिलेकाहीँ नबुझी गरिन्छ । त्यो नगर्दा राम्रो हुन्छ ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेन र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता

सुनकोसीमा बेपत्ता तीन जना र कारको खोजी जारी, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu