ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी राजनीतिमा फर्काउने चर्चा पार्टीमा समस्या ल्याउने षडयन्त्र : ओली


ABC NEWS
२८ श्रावण २०८०, आइतबार   २ : ३४   बजे

काठमाडौँ २८ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किने चर्चा चलेका र एमालेका नेताहरूले लगातार भेटिरहेको तथा अभिव्यक्ति दिइरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले एमालेभित्र समस्या ल्याउन सकिन्छ कि भन्ने कोसिस फेरि भएको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा आइतबार पत्रकार सम्मेलन गरेर अध्यक्ष ओलीले पार्टी नेताहरूले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्दैमा अन्यथा व्याख्या गर्न नहुने बताए । ‘हाम्रो पार्टीभित्र कुनै समस्या आउँछ कि, ल्याउन सकिन्छ कि भनेर फेरि कोसिस भएको छ,’ उनले भने, ‘पूर्वराष्ट्रपति विद्या भण्डारीजी हाम्रो पार्टीका सबै नेताहरूको, राष्ट्रपति भएर एउटा आदरणीय व्यक्तित्व पनि उहाँ हुनुहुन्छ र फेरि त्यो भन्दा अगाडि नजिकको मित्र हो । हाम्रो पार्टीको उपाध्यक्ष हो । हाम्रो पार्टीको आदरणीय व्यक्तित्व हो । हामीमध्ये कसैले भेट्नु, कुरा गर्नु भनेको ठूलो कुरै होइन । विष्णु पौडेलजीले मात्रै होइन मैले पनि कुरा गरेको छु । अरुले पनि कुरा गर्नुभएको छ ।’

पूर्वराष्ट्रपति भण्डारीलाई भेट्नुको अर्थ सक्रिय राजनीतिमा आउन निम्तो दिएको भन्ने अर्थमा नबुझ्न एमालेका अध्यक्ष ओलीको भनाइ थियो । उनले थपे, ‘यस्तो कुरा गरेको विषयलाई कार्ड छपाएर लिएर जानुभयो रे ! पार्टीमा आइदिनुपर्‍यो भनेर निम्ता गर्न भन्ने खालको । यो खालका प्रयासहरूलाई मलजल नगर्दा राम्रो हुन्छ ।’

एमालेलाई एकताबद्ध गरेर लगेको बेलामा हल्लाका पछाडि नलाग्न अध्यक्ष ओलीको भनाइ थियो । एमालेलाई विभाजन गर्न ठूलठूला प्रयास हुँदा पनि नसकेको अवस्थामा अहिले भएका हल्लाले केही प्रभाव नपर्ने उनले बताए । ‘कसले पो भन्यो अरे ओली रहने हो भने पार्टी टुक्रा टुक्रा हुन्छ भनेर । यस्ता हल्लाका पछाडि, दुनियाँ लाग्दाखेरि एमालेलाई सकेन, अब कल्ले भन्या कुरा ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सिंहदरबार दक्षिण गेटअघि मोटरसाइकल पार्किङ गरेर अनेरास्ववियुको प्रदर्शन

आफ्नै सरकारमाथि रास्वपा सांसदकै प्रश्न, बढ्दै आन्तरिक असन्तुष्टि

सम्बन्धित

सिंहदरबार दक्षिण गेटअघि मोटरसाइकल पार्किङ गरेर अनेरास्ववियुको प्रदर्शन

इरानको घोषणा: ‘अब अमेरिकासँग कुनै सम्झौता बाँकी रहेन’

स्पेनको रणनीतिक उत्कृष्टतासामु निरीह फ्रान्स : एम्बाप्पेले स्वीकारे हारका कारण, यामाल–रोड्रीको प्रभावले इतिहास रच्ने दाउमा ‘ला रोजा’

आफ्नै सरकारमाथि रास्वपा सांसदकै प्रश्न, बढ्दै आन्तरिक असन्तुष्टि

ट्रम्पले फिर्ता लिए स्ट्रेट अफ होर्मुज हुँदै यात्रा गर्ने जहाजमा २० प्रतिशत शुल्क लगाउने प्रस्ताव

स्पेन विश्वकपको फाइनलमा, फ्रान्सलाई २–० ले हराउँदै प्रभावशाली जित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu