ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मलाई लठ्ठु, बेकामे मान्छे भनियो, मैले गल्ती गर्न चाहेको भए देश र पार्टी रहँदैन थियो : अर्थमन्त्री महत


एबीसी न्यूज
२८ श्रावण २०८०, आइतबार   ३ : २२   बजे

काठमाडौं, २८ साउन । अर्थमन्त्री समेत रहेका नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महत संसदीय दलको बैठकमा आक्रोशित भएका छन् । आफूमाथि निरन्तर लाञ्छना लगाउने, होच्याउने तथा व्यक्तिगत प्रहार भएको भन्दै उनले बैठकमा आक्रोश पोखेका हुन् ।

आइतबारको संसदीय दलको बैठकमा उनले आफूमाथि सार्वजनिक टिप्पाणीमा उत्रिएका आफ्नै दलका सांसद डा। सुनील शर्मासँग आक्रोश पोखेका हुन् । बैठकमा सहभागी एक सांसदका अनुसार प्रवक्ता महतले आफूले गल्ती गर्न चाहेको भए देश र पार्टी नै नरहने धारणा राखेका छन् ।

“मलाई लठ्ठु, बेकामे मान्छे भनियो । कसले भन्यो, किन भनियो म भन्दिनँ । पार्टीमा अनुशासन, मर्यादा छैन रु लोभलालच गर्ने भए कर निर्धारणमा म अनेक गर्न सक्थेँ । त्यसो गरेको भए न देश रहन्थ्यो, न पार्टी रहन्छ ।”

उनले आफूमात्र होइन, आफ्नै दाइ रामशरण महतको संस्कार र सभ्यतामा पनि प्रश्न उठाएको भन्दै गुनासो गरेका छन् ।

“मेरो दाइ र मेरो संस्कार छ । कसैलाई म मन पर्दैन, मलाई पनि मन नपर्न सक्छ । म केटाकेटीदेखि पार्टीमा जोडिएर संस्कार र सभ्यता बुझेको छु । प्रतिकृया दिने भए धेरैको बारे धेरै कुरा भन्न सक्छु,” उनले बैठकमा भनेका थिए, “मेरो बारेमा मान्यजीले उठाएको प्रश्नमा भन्न सक्छु । मैले भनिसकेको छु । उहाँलाई पक्राउ गर्ने टाइमिङ्गमा आपत्ति हुन सक्छ । तर, उहाँले जुन् कुरा राख्नुभयो, त्यो ठिक भयो रु यदि यो विषयमा मेरो संलग्नता छ भने कुनै पनि साथीलाई लाग्छ भने प्रमाणित गर्नुहोस् । म एकछिन पनि यो कुर्सीमा बस्दिनँ ।”

उनले आफूविरुद्ध केही व्यक्ति प्रायोजित भएर लागि परेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेन र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता

सुनकोसीमा बेपत्ता तीन जना र कारको खोजी जारी, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu