ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गृह र अर्थमन्त्रीलाई नैतिक प्रश्न मात्र गरेको हुँ : सुनिल शर्मा


ABC NEWS
२८ श्रावण २०८०, आइतबार   ४ : ५०   बजे

काठमाडौं २८ साउन । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले सुन तस्करी प्रकरणमा आफूले गृहमन्त्री र अर्थमन्त्रीमाथि नीतिगत प्रश्न मात्र उठाएको बताएका छन् ।

आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकमा सांसद शर्माले अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग गर्दै १० साउनमा संसदमा बोलेको विषयमा स्पष्टीकरण दिएका हुन् ।

संसदीय दलको बैठकमा शर्माभन्दा अगाडि बोलेका अर्थमन्त्री डा। प्रकाशशरण महतले सुन तस्करीमा संलग्न भएको प्रमाण ल्याउन चुनौती दिएका थिए । शर्माले भने आफूले नीतिष्त प्रश्न मात्र गरेको बताए ।

‘भन्सारबाट क्विटलका क्विन्टल सुन आउने, अनि पुलिस प्रशासनको नेतृत्व गरेको गृहमन्त्रालयलाई पनि थाहा नहुने, अर्थमन्त्रीलाई पनि थाहा नहुने भन्ने नेपालीले जनताले पत्याउँछन् त रु’ अर्थमन्त्री डा। महतसँग आफ्नो व्यक्तिगत विवाद नभएको भन्दै सांसद शर्माले भने, ‘यो भन्दा ठूलो प्रमाण के हुन्छ ।’

उनले आफ्नो अभिव्यक्तिमा कुनै कमजोरी भए आगामी दिन सच्याउन तयार रहेको समेत बताए । उनले अघि भने, मैले प्रकाशरण दाइले सुन तस्करी गर्नुभयो, उहाँ सुन तस्कर हो भनेको होइन । मैले गृहमन्त्रीले तस्करी गर्नुभयो भनेको हो र रु मैले त नैतिक रुपमा जिम्मा लिने कि नलिने भनेर नीतिगत प्रश्न हो ।’

आफ्नो प्रश्नको उत्तर अर्थ र गृहमन्त्रीका साथै प्रधानमन्त्रीले पनि दिनुपर्ने उनले बताए । सांसद शर्माले सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय आयोग बनाउन समेत माग गरे ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सिंहदरबार दक्षिण गेटअघि मोटरसाइकल पार्किङ गरेर अनेरास्ववियुको प्रदर्शन

आफ्नै सरकारमाथि रास्वपा सांसदकै प्रश्न, बढ्दै आन्तरिक असन्तुष्टि

सम्बन्धित

सिंहदरबार दक्षिण गेटअघि मोटरसाइकल पार्किङ गरेर अनेरास्ववियुको प्रदर्शन

इरानको घोषणा: ‘अब अमेरिकासँग कुनै सम्झौता बाँकी रहेन’

स्पेनको रणनीतिक उत्कृष्टतासामु निरीह फ्रान्स : एम्बाप्पेले स्वीकारे हारका कारण, यामाल–रोड्रीको प्रभावले इतिहास रच्ने दाउमा ‘ला रोजा’

आफ्नै सरकारमाथि रास्वपा सांसदकै प्रश्न, बढ्दै आन्तरिक असन्तुष्टि

ट्रम्पले फिर्ता लिए स्ट्रेट अफ होर्मुज हुँदै यात्रा गर्ने जहाजमा २० प्रतिशत शुल्क लगाउने प्रस्ताव

स्पेन विश्वकपको फाइनलमा, फ्रान्सलाई २–० ले हराउँदै प्रभावशाली जित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu