ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री प्रचण्ड अर्को महिना न्यूयोर्क जाँदै, उतैबाट चीनतिर


abc tv
२९ श्रावण २०८०, सोमबार   १० : ०१   बजे

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आगामी महिना न्यूयोर्क र चीन भ्रमणमा जाने भएका छन् ।

संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा सहभागी हुन न्यूयोर्क जाने र उतैबाट १९औं एसियाली खेलकुदमा सहभागी हुन चीन जाने प्रचण्डको तयारी छ ।

परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री प्रचण्डको न्यूयोर्क र चीन भ्रमणको तयारी सुरु गरिसकेको छ । ‘प्रधानमन्त्रीज्यूको न्यूयोर्क र चीन भ्रमणको तयारी भइरहेको छ,’ स्रोतले भन्यो, ‘मन्त्रिपरिषद बैठकले औपचारिक निर्णय नगरिसकेकाले धेरै कुरा टुंगो लाग्न बाँकी छ ।’

यसअघि न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री प्रचण्डको सम्बोधनको मिति र चीन भ्रमणको मिति ९सेप्टेम्बर २३० एकैदिन परेपछि प्रधानमन्त्री प्रचण्ड कहाँ जाने भन्ने द्विविधामा थिए । तर संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने मिति संशोधनका लागि राष्ट्रसंघलाई अनुरोध गरेको थियो । सो अनुरोधपछि प्रधानमन्त्री प्रचण्डले महासभालाई सेप्टेम्बर २१ मा सम्बोधन गर्ने गरी मिति संशोधन भएको स्रोतले बतायो ।

महासभामा सम्बोधन अगाडि विभिन्न कार्यक्रमहरुमा सहभागी पनि हुनुपर्ने भएकाले १६ वा १७ सेप्टेम्बरमा काठमाडौंबाट न्यूयोर्क प्रस्थान गर्ने तयारी छ ।

महासभालाई सम्बोधन अघि सेप्टेम्बर १८ र १९ मा दिगो विकास सम्बन्धी सम्मेलनमा पनि सहभागी हुनुपर्ने भएकाले प्रधानमन्त्री प्रचण्ड त्यस अगाडि नै न्यूयोर्क प्रस्थान गर्न सक्ने स्रोतले बतायो । न्यूयोर्कमा उनले विभिन्न देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरुसँग साइडलाइन वार्ता गर्ने गृहकार्य भइरहेको छ ।

संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरेपछि प्रधानमन्त्री प्रचण्ड न्यूयोर्कबाट सिधै चीन जाने तयारीमा छन् । चीनमा उनी १९ औं एसियाली खेलकुदमा सहभागी हुनुका साथै उच्चस्तरीय राजनीतिक भेटवार्ता पनि गर्ने छन् ।

भ्रमण टोलीका सदस्य र टिकट टुंगो लागिनसकेको प्रधानमन्त्री प्रचण्डको सचिवालय स्रोतले बतायो । स्रोतले भन्यो, ‘सकेसम्म सानो टोली जाने भन्ने हो, तर विभिन्न विषयगत मिटिङहरु पनि हुने भएकाले सम्बन्धित विषयमा जानकारी राख्नेहरुलाई पनि लैजानैपर्ने स्थिति छ । त्यसैले अझै ठोस भइसकेको छैन ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सिंहदरबार दक्षिण गेटअघि मोटरसाइकल पार्किङ गरेर अनेरास्ववियुको प्रदर्शन

आफ्नै सरकारमाथि रास्वपा सांसदकै प्रश्न, बढ्दै आन्तरिक असन्तुष्टि

सम्बन्धित

सिंहदरबार दक्षिण गेटअघि मोटरसाइकल पार्किङ गरेर अनेरास्ववियुको प्रदर्शन

इरानको घोषणा: ‘अब अमेरिकासँग कुनै सम्झौता बाँकी रहेन’

स्पेनको रणनीतिक उत्कृष्टतासामु निरीह फ्रान्स : एम्बाप्पेले स्वीकारे हारका कारण, यामाल–रोड्रीको प्रभावले इतिहास रच्ने दाउमा ‘ला रोजा’

आफ्नै सरकारमाथि रास्वपा सांसदकै प्रश्न, बढ्दै आन्तरिक असन्तुष्टि

ट्रम्पले फिर्ता लिए स्ट्रेट अफ होर्मुज हुँदै यात्रा गर्ने जहाजमा २० प्रतिशत शुल्क लगाउने प्रस्ताव

स्पेन विश्वकपको फाइनलमा, फ्रान्सलाई २–० ले हराउँदै प्रभावशाली जित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu