ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बोल्दिनँ, बोलिसकेपछि तह लगाएरै छोड्छु : माधव नेपाल


एबीसी न्यूज
२९ श्रावण २०८०, सोमबार   १२ : ५०   बजे

काठमाडौं, २९ साउन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफू भागेर कतै जाने खालको मान्छे नभएको स्पष्ट पारेका छन् । आफू पूर्वानिर्धारित कार्यक्रमका सिलसिलामा विदेश गएर फर्किएको उनले जानकारी दिए ।

प्रवासी नेपाली एकता मञ्चको निमन्त्रणमा उनी युरोपका विभिन्न देशको भ्रमणका लागि विदेश गएका थिए । सोमबार बिहान स्वदेश फर्किएर उनले आफ्नो भ्रमण र नेपालमा उत्पन्न परिस्थितिबारे स्पष्ट पारेका हुन् ।

आफू यहाँबाट जानेबित्तिकै ललितानिवास जग्गा प्रकरणका विषयमा जोडेर विभिन्न टीकाटिप्पणी गरिएको उनले उल्लेख गरे । विगतमा राजाले गिरफ्तार गर्न खोज्दा समेत नभागेको र चुनौतीको सामना गर्ने आफ्नो बानी रहेको उनले बताए ।

‘माधव नेपाल तर्सेर भाग्ने खालको मान्छे हुँदै होइन’
“राजाले गिरफ्तार गर्न खोज्दाखेरि त नभाग्ने मान्छे म, तपाईंहरू सबैलाई थाहा होला, २०६२ सालको कुरा गर्नुस्, २०३२ सालको कुरा गर्नुस्, २०६१ सालको कुरा गर्नुस्, ती सबै सन्दर्भमा, ती सबै चुनौतीहरूको सामना गर्ने मान्छे म । कुनै गल्ती नगरेको, अपराध नगरेको, बदमासी नगरेको, भ्रष्टाचार नगरेको सन्दर्भमा, अनि त्यत्तिकै कुनै सन्दर्भ छैन भन्न सकिन्छ,” उनले भने, “किनभने, कानुनको एउटा प्रसेस हुन्छ, त्यो प्रसेसअन्तर्गत नै सबै प्रक्रियाहरू अगाडि बढ्छन् । प्रसेस अगाडि बढेको पनि छैन । मेरो पहिलेदेखिको निश्चित, निर्धारित कार्यक्रममा मैले जाने अवस्था बन्यो ।”

चुनौती दिइसकेपछि सिधा सामना गर्ने आफ्नो शैली रहेको उनले बताए । तह लगाउनुपर्ने भए लगाएरै छोड्ने आफ्नो बानी रहेको उनको भनाइ छ ।

“म यहाँबाट जानेबित्तिकै केहीकेहीहरूले, अधिकांशले त ठिकै लेख्नुभयो । केहीकेहीहरूले माधव नेपाल भागे, लुकेर बसेका छन्, उनको नेपालमा फर्कने योजना पनि छैन, हिम्मत पनि छैन भनेर भनिसकेपछि मेरो पनि बानी के छ भने, चुनौती नदिएसम्म त म चुप लागेर बस्छु, चुनौती दिइसकेपछि सिधा सामना गर्छु । म त्यस्तो नेचरको मान्छे हुँ,” उनले भने, “म न बोल्दिनँ, बोलिसकेपछि अब तह लगाउनुछ भने तह लगाएरै छोड्छु ।”

चार देशको भ्रमण तालिका रहे पनि नेपालमा आफूलाई जोडेर विभिन्न्न विषय उठाइएकाले बीचमै स्वदेश फर्किएको उनले बताए ।

“मेरो चार देशको भ्रमणको कुरा थियो, एउटा स्वीट्जरल्यान्ड, दोस्रो स्पेन, तेस्रो क्रोयसिया र चौथो युनाइटेड किङडम ९यूके० । र, यूकेमा अझै बृहत् कार्यक्रम थियो,” उनले भने, “त्यो सबै कार्यक्रमको सन्दर्भमा भाग लिएर नै फर्कौंला भन्ने पनि लागेको थियो । दुई देशको भ्रमणको योजना रद्द गरियो ।”

उनी यही साउन २२ गते बिहान टर्किस एयरको विमानबाट स्वीट्जरल्यान्डको जेनेभातर्फ प्रस्थान गरेका थिए । त्यसको एक दिनअघि सर्वोच्च अदालतले ललितनिवास जग्गा प्रकरणमा निर्णयकर्तामाथि पनि अनुसन्धान गर्न बाटो खुला गरिदिएको थियो । नेपाल प्रधानमन्त्री भएको समयमा मन्त्रिपरिषद्बाट गरिएको निर्णयका कारण उनी ललितनिवास जग्गा प्रकरणमा मुछिएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सिंहदरबार दक्षिण गेटअघि मोटरसाइकल पार्किङ गरेर अनेरास्ववियुको प्रदर्शन

आफ्नै सरकारमाथि रास्वपा सांसदकै प्रश्न, बढ्दै आन्तरिक असन्तुष्टि

सम्बन्धित

देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न

नक्कली शरणार्थी प्रकरणमा कसलाई कति सजाय ?

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु

गेट छेकेर पार्किङ गर्नेहरूलाई ट्राफिकको जरिवाना, घटनामाथि प्रश्न यथावत्

सुनसरीमा विद्युत कार्यालय धरानको गाडी दुर्घटना, २ जनाको मृत्यु

देशभर अधिकांश स्थानमा मध्यमसम्मको वर्षा, सावधानी अपनाउन आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu