ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कागखोलामा पहिरो फुट्दा कागबेनीमा बाढी


एबीसी न्यूज
२९ श्रावण २०८०, सोमबार   १ : ४४   बजे

काठमाडौं, २९ साउन । पहिरो फुट्दा कागबेनीमा बाढीले क्षति गरेको पाइएको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिका(४ कागबेनी बजारस्थित कागखोलामा आइतबार राति ७ बजेर ४० मिनेटमा एक्कासि बाढी आएको थियो । बाढीका कारण कागबेनी लोमान्थाङ जाने पक्की पुल र काठे पुल बगाएको छ । बजार क्षेत्र लेदोमग्न भएको नेपाली सेनाले जनाएको छ ।

भारी वर्षाका कारण मुक्तिनाथ क्षेत्रमा बाढी आएको चर्चा चलेपनि प्रारम्भिक अनुसन्धानमा खोला फुटेर एक्कासि बाढी आउँदाको असर रहेको पाइएको हो । जल तथा मौसम विज्ञान विभागका बाढी पूर्वानुमान महाशाखाका वरिष्ठ हाइड्रोलोजिस्ट सनिल पोखरेलले कागबेनी दोभानमा कालीगण्डकीसँग मिसिने कागखोला मुक्तिनाथ क्षेत्रमा थुनिएर एक्कासि फुट्दा तटीय क्षेत्रमा बाढी आएको बताए ।
ुकागखोला माथितिर खोला थुनिएर त्यहाँ जम्मा भएको लेदोसहितको गेग्रान फुट्दा एक्कासि बाढी आयो,ु वरिष्ठ हाइड्रोलोजिस्ट पोखरेलले कान्तिपुरसित भने,ुएक्कासि बाढी आउँदा तटीय क्षेत्रमा असर गरेको हो । भारी वर्षालेभन्दा पनि पहिरो फुटेर यो बाढी आएको हो ।

कागबेनीमा कागखोला र कालीगण्डकीको दोभान छ । त्योभन्दा माथि मुक्तिनाथ क्षेत्र हुँदै कागखोला आउँछ । कागखोलामा पहिरो खसेर थुनिँदा एक्कासि पहिरो फुट्दा तटीय क्षेत्रमा बाढी आएको विभागले जनाएको छ ।विभागले कागबेनीदेखि करिब १२ किलोमिटर तल रहेको जोमसोम जलमापन केन्द्रमा पानीको जल सतह घटना घटेपछि राति ८ बजेर १० मिनेटमा मापन गर्दा २।३५ मिटर रहेको थियो । जबकि राति ९ बजे घटेर १।६५ मिटर पुगेको थियो । पुनः राति साढे ९ बजे जलसतह वृद्धि भएर २ दशमलव १० मिटर पुगेको थियो भने राति ११ बजे एक्कासि जलसतह अधिकतम २ दशमलव ७७ मिटर पुगेको थियो । जबकि गत वर्षको असोजमा जोमसोम जलमापन केन्द्रमा जलसतह ३ दशमलव ५२ मिटर हुँदा यति धेरै क्षति गरेको थिएन । विभागले जमेको पानी फुटेर निस्किँदा असर गरेको जनाएको हो ।

विभागले यही जल सतहमा भएको एक्कासि घटबढलाई आधार मान्दै माथिल्लो तटीय क्षेत्रमा पहिरो फुटेको जनाएको छ । विभागका अनुसार कागखोलाको माथिल्लो क्षेत्र थुनिएर पानी जम्मा भएर ताल निर्माण भएर फुटेको जनाएको छ । एक्कासि ताल फुट्दा गेग्रान र लेदोसहितको बाढी आएको पोखरेलले जानकारी दिए ।

कागबेनी क्षेत्र जलमग्‍न भएपछि नेपाली सेनाको सहयोगमा स्थानीयलाई करिब ५ सय मिटरमाथि पर्ने कागबेनी(मुक्तिनाथ सडक खण्ड नजिक सुरक्षित क्षेत्रमा स्थानान्तरण गरिएको जनाएको छ । सेनाले सोमबार बिहानैदेखि सो क्षेत्रमा उद्धार कार्य गरिरहेको जनाएको छ ।

सेनाका अनुसार हालसम्म कुनै पनि मानविय क्षति नभएको र भौतिक क्षतितर्फ कागबेनी बस्तीमा ३१ वटा घररहोटल जोमसोम कोरोला सडकको पक्की पुल, झोलुंगे पुल, २ वटा गाडी र ३ वटा विद्युतीय पोल बगाएको छ ।

प्रभावित क्षेत्रमा जताततै बाढीग्रस्त हुँदा सबै ठाउँमा पुग्न कठिनाइ भएको र तथ्यांक संकलन गर्न गाह्रो भएको सेनाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सिंहदरबार दक्षिण गेटअघि मोटरसाइकल पार्किङ गरेर अनेरास्ववियुको प्रदर्शन

आफ्नै सरकारमाथि रास्वपा सांसदकै प्रश्न, बढ्दै आन्तरिक असन्तुष्टि

सम्बन्धित

देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न

नक्कली शरणार्थी प्रकरणमा कसलाई कति सजाय ?

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु

गेट छेकेर पार्किङ गर्नेहरूलाई ट्राफिकको जरिवाना, घटनामाथि प्रश्न यथावत्

सुनसरीमा विद्युत कार्यालय धरानको गाडी दुर्घटना, २ जनाको मृत्यु

देशभर अधिकांश स्थानमा मध्यमसम्मको वर्षा, सावधानी अपनाउन आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu