ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सबै काण्ड छानबिन गर्न गगनको प्रस्ताव, विश्वप्रकाश भन्छन्– राज्य संयन्त्रमाथि विश्वास गरौँ


एबीसी न्यूज
२९ श्रावण २०८०, सोमबार   ३ : १३   बजे

काठमाडौं, २९ साउन । नेपाली कांग्रेसको संसदीय दल बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच नै मत बाझिएको छ । उनीहरुबीच पछिल्लो ‘क्विन्टल सुन प्रकरण’लाई लिएर संसद्मा भइरहेको बहसका विषयमा फरक–फरक धारणा आएको हो ।

संसद्मा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उच्चस्तरीय छानबिन आयोगको माग गरिरहेको छ भने सरकारले राज्यका संयन्त्रमाथि विश्वास कायम राख्नुपर्ने तर्क गर्दै आएको छ ।

त्यसमा संसदीय समितिसम्म बनाउने विषयमा सरकार लचिलो देखिए पनि एमालेले राखेको सुनकाण्डको अनुसन्धानदेखि अभियोजनसम्मको अख्तियारसहितको उच्चस्तरीय छानबिन आयोग÷समिति बनाउने विषयमा सरकार तयार देखिएको छैन । यही विवादमा संसद् अवरोध भएको छ भने सांसदहरु पनि फरक–फरक तर्क राखिरहेका छन् ।

संसद्को गतिरोध अन्यका लागि धारणा बनाउन बसेको कांग्रेस संसदीय दलको बैठकमा संस्थापन र संस्थापनइतर पक्षका फरक धारणा रहे । इतर पक्षले सुन तस्करीको प्रकृति हेर्दा उच्चस्तरीय आयोगकै आवश्यकता हुनसक्ने बताए पनि संस्थापन पक्षले भने नेतृत्वको बचाउमै समय खर्चियो भने धेरैजना मौन बसे ।

त्यसमध्ये पार्टी राजनीतिमा सहकार्यमा रहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच पनि एउटै मत हुन सकेन । महामन्त्री थापाले अहिलेको क्विन्टल सुनकाण्डमा मात्र नभएर स्मृतिमा रहेका सबै काण्डहरुमा छानबिन गर्न प्रस्ताव गरे भने महामन्त्री शर्माले राज्य संयन्त्रमाथि विश्वास गर्नुपर्ने बताए ।

“अहिलेसम्म स्मृतिमा रहेका सबै काण्डहरुको छानबिन गरौँ भन्नुभयो,” महामन्त्री थापाको भनाइ उद्धृत गर्दै एक सांसदले भने, “उहाँले उच्चस्तरीय आयोग भनेर स्पष्ट खुलाउनुभएको छैन ।”

ती सांसदका अनुसार अर्का महामन्त्री शर्माको भनाइ भने ठिक उल्टो थियो ।

“महामन्त्री विश्वप्रकाश शर्माले राज्यका संयन्त्रमाथि विश्वास गरौँ भन्नुभयो,” ती सांसदले शर्माको भनाइ उद्धृत गर्दै भने, “उहाँले जारी रहेको छानबिन प्रभावित पार्ने वा राज्यका संयन्त्रले काम गर्न सक्दैनन् भन्ने सन्देश जाने काम गर्नु उचित हुँदैन ।”

कांग्रेस संसदीय दलले भने शर्माकै तर्कअनुरुपको निर्णय गरेको छ, सुन काण्डको छानबिन राज्यकै निकायबाट हुनुपर्छ भनेर ।

कांग्रेस उपसभापति समेत रहेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहाद्ुर खड्काले भने ल्ह्यारक्याल लामका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण आफूहरुले मन्त्रिपरिषद्भित्र गराउने प्रतिक्रिया दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

रास्वपा महाधिवेशनमा मतदान जारी

सम्बन्धित

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group