ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजस्व छलीको अनुसन्धानमा तानियो ठमेलको एलओडी क्लब, कारोबार खाता नियन्त्रणमा


एबीसी न्यूज
३० श्रावण २०८०, मंगलबार   १ : १३   बजे

काठमाडौ साउन ३० । ठमेलको एलओडी ९लर्ड अफ् द ड्रिङ्क्स० नाइट क्लब कर छलीको अनुसन्धानमा तानिएको छ । गत शुक्रबार उक्त अभियोगमा राजस्व अनुसन्धान विभागले क्लबमा २२ घण्टा लामो अप्रेशन चलाएको छ । गत शुक्रबार अपराह्न ४ बजेबाट सुरु भएको अप्रेशन शनिबार दिउँसो २ बजे सकिएको विभाग स्रोतले जनाएको छ ।क्लबमा प्रवेश गर्नेसँग मोटो रकम उठाएर न्यून मात्रामा कर दाखिला गरेको सूचनाका आधारमा छापा मारेको राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले पुष्टि गरे ।

ठूलो करछलीको सूचना पछि एलओडीका सबै कारोबार खाता नियन्त्रणमा लिएका छौं,’ विभागका महानिर्देशक नवराज ढुंगानाले अनलाइनखबरसँग भने, ‘थप अनुसन्धान भइरहेको छ ।’सो क्रममा क्लबमा आउनेहरुले तिर्ने र खास कर दाखिला खातामा चढाइने रकम बीचको भिन्नता जाँच गर्न विभागको टोली शुक्रबार रातभर नै बसेको थियो । विभागले उक्त क्लबबाट दैनिक हुने व्यापार र तिरेको कर, स्टक बुक र लेखा खाता नियन्त्रणमा लिएको छ ।एलओडी नाइट क्लबका सञ्चालकहरु रुदीप श्रेष्ठ, भुपेन कुवँर, राजु सिंह सुवाल र श्याम सुन्दर अग्रवाललाई विभागमा हाजिर हुन पनि विभागले पत्राचार गरेको छ ।

सबैभन्दा धेरै कारोबार हुने भनिएको शुक्रबार एलओडी नाइट क्लबको वास्तविक ग्राहक र कर दाखिला प्रक्रिया सबै बुझ्न लामो अप्रेशन चलाइएको विभागले जनाएको छ ।फरक क्षेत्रमा हुने कर छलीका घटनामा विभागले सूक्ष्म निगरानी र आक्रामक अभियान सुरु गरेको पनि विभागका महानिर्देशक ढुंगानाले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

म्याग्दीमा भैँसीसहित खोला तर्ने क्रममा एक जना बेपत्ता

सुस्ता विवाद : बाढीसँगै सीमामा फेरि तनाव, नेपालद्वारा भारतसँग कूटनीतिक विरोध

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu