ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

व्यवसायीको मनोबल घट्दा राजश्व संकलन प्रभावित : निजी क्षेत्र


एबीसी न्यूज
३० श्रावण २०८०, मंगलबार   ३ : ३२   बजे

काठमाडौं ३० साउन । निजी क्षेत्रले निजी क्षेत्रको मनोबल घट्नु र लगानी बढ्न नसक्नुले राजश्व संकलन प्रभावित भएको बताएको छ।

मंगलवार आन्तरिक राजश्व विभागले आयोजना गरेको व्यवस्थापन गोष्ठीमा बोल्दै निजी क्षेत्रका छाता संगठनका प्रतिनिधिहरुले यस्तो बताएका हुन्।

उनीहरुले सरकारले बनाउने नीतिहरु व्यवसायीमैत्री नहुँदा निजी क्षेत्रको मनोबल माथि उठ्न र लगानी बढाउन नसकिएको बताए।

उनीहरुले सरकारले अर्थतन्त्रमा देखिएका वर्तमान समस्या र चुनौति समाधान गर्नसके राजश्व परिचालन सुधार हुने विश्वास रहेको बताए। उनीहरुले सरकारले कर बढाउने भन्दा पनि करको दायरा फराकिलो बनाउन आवश्यक रहेको बताए।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले करको दर भन्दा दायरा बढाउनेतर्फ सरकारले ध्यान दिनुपर्ने बताए। उनले अझैपनि ४० प्रतिशत कारोबार अवैध माध्यमबाट भइरहेको बताए।

उनले सरकारले नागरिकतासँगै स्थाई लेखा नम्बर पनि वितरण गर्न माग गर्दै चोरी तस्करी नियन्त्रण गर्नसके राजस्व संकलन वृद्धि हुने बताए। उनले राजश्व वृद्धि गर्नको लागि खुद्रा व्यापारीहरुलाई ५० लाखको थ्रेस होल्ड बढाएर १ करोड बनाउन माग गरे। उनले सरकारले कर प्रणालीलाई एकद्वार प्रणालीमा ल्याउनुपर्ने बताए।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले अर्थतन्त्र गम्भिर समस्यामा रहेको भन्दै सरकारले अर्थतन्त्र चलायमान बनाउन काम गर्नुपर्ने बताए। उनले मुलुकको अर्थतन्त्र झनै गम्भिर मोडमा पुगेको बताए।

उनले गत आर्थिक वर्षको अवस्था कस्तो छ भन्नेकुरा सबैलाई स्पष्ट रहेको भन्दै चालु आर्थिक वर्षको शुरुवातको अवस्थाको आभास व्यवसायीहरुले पाएको बताए।

विगतमा दशैं तिहारमा व्यापार बढाउन एलसी खोल्ने, स्टक बढाउने काम व्यवसायीले गर्ने गरेको भएपनि यो वर्ष अर्थतन्त्र चलायमान हुन्छ र बजारमा माग बढ्छ भन्ने कसैलाई पनि अपेक्षा नभएको बताए। उनले बजारमा आर्थिक गतिविधी नबढ्दासम्म राजश्व संकलन बढ्न नसक्ने उल्लेख गरे।

त्यस्तै, नेपाल उद्योग परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले निजी क्षेत्रको मनोबल घटेको र लगानी गर्ने योजना स्थगित भएकाले राजश्व संकलन प्रभावित भएको बताए।

उनले सरकारले आयातमा आधारित राजश्व भन्दा पनि उत्पादनमा आधारित राजश्व संकलन गर्ने विषय प्राथमिकता राख्नुपर्ने आवश्यकता रहेको बताए।

उनले उत्पादनमा आधारित राजश्व मात्रै दिगो हुने भन्दै लक्ष्य अनुसार राजश्व संकलन नहुँदा निजी क्षेत्रलाई कर्मचारीहरुले दबाब बढाउने गरेको गुनासो गरे।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group