ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिआइबीमा पुगेर माधव नेपालले दिए बयान


एबीसी न्यूज
३० श्रावण २०८०, मंगलबार   ४ : ४१   बजे

काठमाडौं, ३० साउन ।   प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग बयान लिएको छ। ललितानिवास जग्गा हिनामिनासम्बन्धी मुद्दाको अनुसन्धानका लागि प्रहरीले बोलाएपछि सोमबार बेलुका नेता नेपाल सिआइबी पुगेका थिए।

बयान सकाएर मध्यराति नेता नेपाल निवास फर्किएको सिआइबी स्रोत बताउँछ। सिआइबीले बयानमा बोलाएपछि उनी युरोप भ्रमणबाट सोमबार बिहानै स्वदेश फर्किएका थिए।

नेता नेपाल प्रधानमन्त्री हुँदा बालुवाटारस्थित विशिष्ट व्यक्तिको निवास विस्तार सम्बन्धमा मन्त्रिपरिषदबाट पटक–पटक निर्णय भएका थिए। तीनै निर्णयका आधारमा सरकारी जग्गा नक्कली मोही हुँदै व्यक्तिको नाममा पुगेको थियो । तिनै मन्त्रिपरिषद्का निर्णयमा आधारित भई सिआइबीले उनीसँग बयान लिएको हो। नेता नेपालसँग एक चरणमा बयान सकिएको र आवश्यक परे थप बयान लिइने सिआइबीका एक उच्च अधिकारीले बताए।

गत २१ साउनमा सर्वोच्च अदालतले ललितानिवास जग्गा हिनामिनासम्बन्धी नीतिगत निर्णयमा संलग्न पदाधिकारीलाई पनि अनुसन्धानको दायरामा ल्याउन आदेश दिएको हो । सोही आदेश कार्यान्वयन गर्ने क्रममा नेता नेपालसँग पनि बयान लिइएको सिआइबी स्रोत बताउँछ। बयान लिए पनि मुद्दा चल्ने–नचल्ने प्रस्ट भएको छैन।

सिआइबीले अर्का पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईलाई पनि बयानमा बोलाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आफ्नै सरकारमाथि रास्वपा सांसदकै प्रश्न, बढ्दै आन्तरिक असन्तुष्टि

रातिभन्दा दिउँसो धेरै भूभागमा भारी वर्षाको पूर्वानुमान

सम्बन्धित

देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न

नक्कली शरणार्थी प्रकरणमा कसलाई कति सजाय ?

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु

गेट छेकेर पार्किङ गर्नेहरूलाई ट्राफिकको जरिवाना, घटनामाथि प्रश्न यथावत्

सुनसरीमा विद्युत कार्यालय धरानको गाडी दुर्घटना, २ जनाको मृत्यु

देशभर अधिकांश स्थानमा मध्यमसम्मको वर्षा, सावधानी अपनाउन आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu