ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महराका बाबुछोरामाथि आजभोलि नै सीआईबीले छानबिन थाल्छ :प्रधानमन्त्री


एबीसी न्यूज
३० श्रावण २०८०, मंगलबार   ४ : ५८   बजे

काठमाडौं, ३० साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र छोरा राहुलमाथि आजभोलि नै छानबिन अघि बढाउने बताएका छन्।

सम्पादकहरुको टोलीसँग मंगलबार बालुवाटारमा बोल्दै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले उपाध्यक्ष महराका बाबुछोरामाथि छानबिन थालिने बताएका हुन्।

महराको स्पष्टीकरण स् मैले कुरा गरेका चिनियाँ व्यापारी सुन होइन फलफूल बेच्ने गर्थे
‘उपाध्यक्ष महरा र छोरालाई छानबिन गर्नुस् भनेर निर्देशन दिइसकेको छु’, उनले भने, ‘अब आजभोलिमै छानबिन अघि बढ्छ।’

महराले सुनकाण्डमा जोड्दै माओवादी उपाध्यक्ष वर्षमान पुनको फोटो पनि सार्वजनिक गरिएको बताए। उनले ८ वर्षअघि गाउँले चेलीसहितको फोटो भाइरल बनाइएको प्रकरण प्रष्ट भइसकेको बताए।

यसबारेमा वर्षमान पुनले आफ्ना भनाइ प्रष्ट पारिसकेको बताउँदै दाहालले महरालाई पनि सुनकाण्डबारे बोल्न भनिएको सुनाए।

महराले सुनकाण्डमा आफू नजोडिएको बताए पनि केन्द्रीय अनुसन्धान ब्युरोको रिपोर्टमा बाबुछोराकै नाम आएकाले यसको अनुसन्धान अघि बढ्ने बताए।

उनले यसबारेमा आफूहरुले सीआईबीलाई सोध्दा महरा दोषी नभएको तर नाम जोडिएको जवाफ आएको सुनाए। त्यसपछि आफैंले बयान नलिएकोबारेमा सीआईबीलाई सोधेको प्रचण्डले बताए। अब सीआईबीले महरालाई पनि प्रतिवादी बनाएर मुद्दा चलाउन लागेको उनले बताए।

सीआईबीले यो मुद्दा अल्झाइरहनु भन्दा छिटो प्रक्रियामा लैजाँदा राम्रो हुने आफ्नो धारणा रहेको प्रधानमन्त्रीले बताए। महरालाई जोगाउने नाममा कसैले पनि कुनै भमिका नखेलेको उनको भनाइ थियो।

पूर्वसभामुखसमेत रहेका महरा र छोरा राहुल चिनियाँ नागरिक वाङसँगको सुन तस्करीमा मुछिएका छन्। उनीहरु दुवैले ई(सिगरेटबाट नेपालमा सुन तस्करीमा संलग्न चिनियाँ नागरिक वाङसँग २३४ पटकभन्दा धेरै फोन सम्पर्क गरेको खुलिसकेको छ।

उता महराले मंगलबार गृहजिल्ला दाङमा पुगेर सुन तस्करीमा मुछिएका भनिएका व्यापारी वाङ फलफूल व्यापारी भएको स्पष्टीकरण दिएका छन्।

उनले उनी फलफूल व्यापारी भएकाले रोल्पा र दाङसम्म आफैंले पुर्‍याएको पनि बताएका छन्। उनीसँग आफूले फोन सम्पर्क नगरेको दाबी गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आफ्नै सरकारमाथि रास्वपा सांसदकै प्रश्न, बढ्दै आन्तरिक असन्तुष्टि

रातिभन्दा दिउँसो धेरै भूभागमा भारी वर्षाको पूर्वानुमान

सम्बन्धित

आफ्नै सरकारमाथि रास्वपा सांसदकै प्रश्न, बढ्दै आन्तरिक असन्तुष्टि

देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न

नक्कली शरणार्थी प्रकरणमा कसलाई कति सजाय ?

ट्रम्पले फिर्ता लिए स्ट्रेट अफ होर्मुज हुँदै यात्रा गर्ने जहाजमा २० प्रतिशत शुल्क लगाउने प्रस्ताव

स्पेन विश्वकपको फाइनलमा, फ्रान्सलाई २–० ले हराउँदै प्रभावशाली जित

विश्वकप २०२६ मा कुन क्लबका खेलाडीले गरे सबैभन्दा धेरै गोल? रियल म्याड्रिड शीर्षमा, पीएसजी दोस्रो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu