ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री भदौ ३० मा अमेरिका जाँदै, असोज ५ गते न्यूयोर्कबाट सिधै चीन पुग्ने


एबीसी न्यूज
३० श्रावण २०८०, मंगलबार   ५ : २४   बजे

काठमाडौं, ३० साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिन आगामी भदौ ३० गते अमेरिका जाने भएका छन्।

मंगलबार सम्पादकहरुको एउटा टोलीसँगको छलफलका क्रममा प्रचण्डले आफ्नो अमेरिका र चीन भ्रमणको मिति सार्वजनिक गरेका हुन्।

उनले आफू भदौ ३० अर्थात सेप्टेम्बर १६ तारिखमा अमेरिका गएर असोज ४ गते राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्ने जानकारी दिएका हुन्।

उनी राष्ट्रसंघको महासभामा भाग लिने क्रममा ५ दिनसम्म अमेरिकामा रहनेछन्। राष्ट्रसंघको ७९ औँ महासभा आगामी सेप्टेम्बर १० तारिखदेखि अमेरिकाको न्यूयोर्कमा सुरु हुँदैछ।

त्यहाँबाटै उनी नेपालको उत्तरी छिमेकी चीनको बेइजिङतर्फ लाग्ने भएका छन्। राष्ट्रसंघीय महासभामा भाग लिएपछि उनको टोली पूर्वनिर्धारित कार्यक्रमअनुसार सीधै चीन जाने छ।

असोज ५ गते बेलुका न्यूयोर्कबाट चीनका लागि उड्ने तालिका सार्वजनिक गरेका प्रचण्डले आफू असोज ६ र ७ गते त्यहाँ उच्च राजनीतिक भेटघाटमा जुट्ने बताएका छन्।

चीन भ्रमणका क्रममा क्रस बोर्डर ट्रान्समिसन विद्युत् लाइन निर्माणबारे सम्झौता गर्ने उनले बताए। प्रधानमन्त्रीका अनुसार उक्त लाइन केरुङ(रसुवागढी र संखुवासभाको किमाथांका नाका हुँदै निर्माण गरिने छ।

संखुवासभामा पर्ने माथिल्लो अरुण जलविद्युत् परियोजना निर्माणमा चीनले चासो दिइरहेका बेला ट्रान्समिसन लाइनमा पनि सम्झौता हुन लागेको हो।

प्रधानमन्त्रीले भ्रमणका क्रममा जलविद्युत् निर्माणका लागि समेत सम्झौता हुने बताएका छन्। उनले आफ्नो भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङलाई पनि भेट्ने बताए।

उक्त भ्रमणका क्रममा सन् २०१७ मै सम्झौता भइसकेको बेल्ट एन्ड रोड इनिसियटिभलाई अघि बढाउनेबारे पनि दुई देशले योजना बनाउने उनले बताए। बीआरआईमार्फत नेपालमा विकास परियोजना अघि बढाउने तयारी भएको उनले बताए।

प्रचण्डले सुरुमा कम्तीमा एउटा नमूना परियोजना सफल बनाएपछि बीआरआई परियोजनालाई अघि बढाउने गरी तयारी भएको पनि बताए।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आफ्नै सरकारमाथि रास्वपा सांसदकै प्रश्न, बढ्दै आन्तरिक असन्तुष्टि

रातिभन्दा दिउँसो धेरै भूभागमा भारी वर्षाको पूर्वानुमान

सम्बन्धित

देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न

नक्कली शरणार्थी प्रकरणमा कसलाई कति सजाय ?

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु

गेट छेकेर पार्किङ गर्नेहरूलाई ट्राफिकको जरिवाना, घटनामाथि प्रश्न यथावत्

सुनसरीमा विद्युत कार्यालय धरानको गाडी दुर्घटना, २ जनाको मृत्यु

देशभर अधिकांश स्थानमा मध्यमसम्मको वर्षा, सावधानी अपनाउन आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu