ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौं-तराई द्रूतमार्गको लागत २ अर्ब घट्यो, सडक छोटिँदा सुरुङ थपियो


एबीसी न्यूज
३१ श्रावण २०८०, बुधबार   १ : ११   बजे

काठमार्डौ, ३१ साउन । काठमाडौं(तराई मधेश द्रूतमार्गको डीपीआर संशोधन भएको छ।

लागत समय र मूल्य घटनेगरी द्रूतमार्गको डीपीआर संशोधन भएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिए।

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले काठमाडौं–तराई मधेश द्रूतमार्गको डीपीआर संशोधन गरेको हो।

‘करिब २ अर्ब २ करोड लागत मूल्य र निर्माणको समय पनि घट्नेगरी द्रूतमार्गको डीपीआर संशोधन भएको छ,’ मन्त्री ज्वालाले भने, ‘सुरुङ मार्ग थपिँदा सडकको लम्बाई छोटिँदा मूल्य पनि घट्यो।’

काठमाडौं–मधेश लाइफ लाइनका रुपमा रहेको द्रूतमार्ग नेपाली सेनाको ब्यवस्थापनमा निर्माण भइरहेको छ।

२०७४ साल बैशाख २१ देखि निर्माण कार्य शुरु गरिएको काठमाडौं तराई मधेश द्रूत मार्गमा हालसम्म २५।५४ प्रतिशत मात्रै प्रगति भएको छ।

२०८३ चैत मसान्तसम्म सक्ने लक्ष्य लिइएको द्रूतमार्गको प्रगति कमजोर देखिएपछि मन्त्री ज्वालाले नेपाली सेनासँग असन्तुष्टि जनाएका थिए।

‘द्रूतमार्गको काम तीव्र गतिमा हुनुपर्ने हो तर प्रगति हेर्दा आशावादी छैन’, नेपाली सेनाका अधिकारीहरुसँग मन्त्री ज्वालाले भनेका छन्।

डीपीआर संशोधन भएछि लागत मूल्य पनि घट्ने भएको छ। यसअघि २ खर्ब १३ अर्ब ९ करोड ५३ लाख रुपैयाँ लागत थियो। अब संशोधनपछि २ खर्ब ११ अर्ब ९ करोड ३० लाख लागत कायम हुने भएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

म्याग्दीमा भैँसीसहित खोला तर्ने क्रममा एक जना बेपत्ता

सुस्ता विवाद : बाढीसँगै सीमामा फेरि तनाव, नेपालद्वारा भारतसँग कूटनीतिक विरोध

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu