ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिंहदरबारमा आईजीपी र विमानस्थल सुरक्षा प्रमुखसँग छलफलमा प्रधानमन्त्री


एबीसी न्यूज
३१ श्रावण २०८०, बुधबार   ४ : १८   बजे

काठमार्डौ, ३१ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रहरी महानिरीक्षक वसन्त कुँवर र विमानस्थल सुरक्षा प्रमुख डीआईजी अर्जुन चन्द ठकुरीलाई सिंहदरबारमा बोलाएका छन्।

प्रधानमन्त्रीले बोलाएपछि कुँवर ठकुरी दुवैजना केही बेरअघि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका छन्।

गत साउन ३ गते हङकङ हुँदै नेपाल भित्रिएको तस्करीको ६० केजी ७१६ ग्राम सुनबारेमा केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी ले अनुसन्धान गरिरहेको छ।

उक्त सुन राजस्व अनुसन्धान विभागले बरामद गर्दा विमानस्थल सुरक्षा प्रमुख ठकुरी आफैं भने बिदामा थिए।

सुन तस्करी प्रकरण सार्वजनिक भएपछि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले विमानस्थल भन्सारको जाँचपास प्रक्रियामा प्रहरीलाई पनि संलग्न गराउनुपर्ने बताएका थिए।

यो प्रकरणमा राजस्व अनुसन्धान विभागले १७ दिन अनुसन्धान गरेपछि अहिले त्यसको जिम्मा सीआईबीले पाएको छ।

अलग्गै नौ केजी सुन तस्करी प्रकरणमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महराको नाम पनि मुछिएपछि प्रधानमन्त्रीले अनुसन्धान अघि बढाउने बताइरहेका छन्।

महराले मंगलबार दाङमा पुगेर आफू यो प्रकरणमा निर्दोष रहेको बताउँदै आवश्यक परेमा प्रहरीलाई अनुसन्धानमा सघाउने बताइसकेका छन्।

प्रधानमन्त्री प्रचण्डले पनि यसअघि सोमबार सत्ता गठबन्धनको बैठकमा सुन तस्करीमा महराको नाम मुछिएको भन्दै अनुसन्धान अघि बढाउने बताएका थिए।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group