ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेयमारले भने : ग्लोबल स्टार बन्न साउदी आएँ


एबीसी न्यूज
३२ श्रावण २०८०, बिहिबार   १ : ३९   बजे

काठमाडौ साउन ३२ । ब्राजिलियन फरवार्ड नेयमारले ग्लोबल स्टार बन्ने चाहनाका साथ साउदी अरबको क्लबमा आबद्ध भएको बताएका छन् ।पेरिस सेन्ट जर्मन ९पीएसजी० का पूर्व स्टार ३१ वर्षीय नेयमार २ वर्षका लागि ९० मिलियन युरो र थप एड अनमा साउदी क्लब अल हिलालमा आबद्ध भएका हुन् ।मैले युरोपमा धेरै उपलब्धिसँगै विशेष समयको आनन्द लिइसकेको छु,’ साउदी आउनको कारण खुलाउँदै उनले भने, ‘तर, म सधैं विश्वव्यापी खेलाडी बन्न चाहन्छु र नयाँ ठाउँहरूमा नयाँ चुनौती र अवसरहरूसँग आफूलाई परीक्षण गर्न चाहन्छु ।’म खेलकुदको नयाँ इतिहास लेख्न चाहन्छु, र साउदी प्रो लिगमा यतिबेला ठूलो ऊर्जा र गुणस्तरीय खेलाडीहरू छन्’, नेयमारले भने, ‘मैले धेरै सुनेको छु र सिकेको छु कि म साउदी अरबमा वर्षौंदेखि खेलेका ब्राजिलियन खेलाडीहरूको लामो सूची पछ्याउँदै छु, त्यसैले मलाई विश्वास छ कि यो मैले रोजेको अर्को गन्तव्य हो ।

’नेयमार पीएसजीमा नयाँ सिजनका लागि प्रशिक्षक लुइस एनरिकको योजनामा संलग्न थिएनन् ।सन् २०१७ मा बार्सिलोनाबाट विश्व कीर्तिमानी २ सय मिलियन पाउन्डमा पीएसजीमा आबद्ध भएका नेयमार गत शनिबार फ्रेन्च लिग वानमा लोरिएन्टविरुद्ध गोलरहित बराबरी खेल्दा टोलीमा थिएनन् ।अर्जेन्टिनी लियोनल मेस्सीले पनि क्लब छाडेपछि स्टार र उच्च पारिश्रमिक लिने खेलाडीहरूलाई अनुबन्ध नगर्ने पीएसजीको योजनालाई अर्का स्टार खेलाडी नेइमारले क्लब छाडेर सहज बनाएका हुन् ।नेयमारले पीएसजीमा वार्षिक २५ मिलियन युरो आम्दानी गरिरहेको थिए । अब नेयमारले साउदी अरेबियामा प्रतिवर्ष १५० मिलियन युरो कमाउने छन् ।

अल हिलालले दिने पारिश्रमिक पीएसजीमा कमाएको भन्दा ६ गुणा बढी हो ।अल हिलालका अध्यक्ष फहाद बिन सादले नेयमारलाई क्लबमा स्वागत गर्दै उनी एक विश्वव्यापी आइकन र रोक्न नसक्ने आक्रमणकारी शक्ति रहेको बताएका छन् ।नेयमारले पीएसजीबाट १७३ खेल खेल्दा १३ ट्रफी जितेका छन् । जसमा पाँच लिग वान समावेश छन् । पीएसजीलाई २०२० को च्याम्पियन्स लिगको फाइनल पुर्‍याउन ब्राजिलियन स्टार नेयमारले महत्वपूर्ण भूमिका खेलेका थिए ।साउदी क्लबमा नेयमारको आगमनसँगै आगामी केही वर्षमा साउदी प्रोलिग विश्वको शीर्ष प्रतियोगिता बन्ने बाटोलाई थप मजवुत बनाएको छ । नेयमार साउदी आउनुअघिनै करिम बेन्जेमा, एन गोलो कान्टे, जोर्डन हेन्डरसन, रुबेन नेभेस, साडियो माने र रोबर्टो फिर्मिनो सबै साउदी अरब आइसकेका छन् ।पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो जनवरीमा म्यानचेस्टर युनाइटेडबाट अल नासरमा आएसँगै साउदी प्रोलिगका चर्चा चुलिएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group