ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जसले संरक्षण गर्नुपर्ने उसकै ‘धराप’मा परेर मारियो हात्ती


एबीसी न्यूज
३२ श्रावण २०८०, बिहिबार   १ : ४९   बजे

काठमाडौं, ३२ साउन । कञ्चनपुरस्थित मध्यवर्ती सामुदायिक वन कार्यालयको लापरबाहीका कारण एउटा जंगली हात्तीले ज्यान गुमाउनु परेको छ।

जंगली जीव जनावर संरक्षणको दायित्व मध्यवर्ती सामुदायिक वन कार्यालयको पनि हो। तर उपभोक्ता समितको कार्यालय परिसरकै सेप्टिक ट्यांकी परेर जंगली हात्तीले मर्नु परेको छ।

जीवजन्तुको संरक्षण गर्नुपर्ने निकायका रुपमा रहेको वन कार्यालयको सेप्टिक ट्यांकी हात्तीका लागि काल भयो। बुधबार राति सेप्टिक ट्यांकमा परेको हात्तीले बिहीबार बिहान ७ बजे मृत्युवरण गर्‍यो।

शुक्लाफाँटा नगरपालिका–७ कालापानीस्थित वातावरण मध्यवर्ती सामुदायिक वन कार्यालयको सेफ्टी ट्यांकीमा हात्ती परेको थियो।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा सिन्धु प्रसाद ढुंगानाले सामुदायिक वन कार्यालयको सेप्टिक ट्यांकीले नधान्दा हात्ती मारिएको स्वीकार गरे।

सेप्टिक ट्यांकीमा परेर जंगली हात्ती मर्‍यो ९तस्बिर०
‘जंगली हात्ती रहेछ, कताबाट घुम्दै आयो,’ महानिर्देशक ढुंगानाले भने,‘वनको बीचमा सामुदायिक वनका कार्यालय छन्। तर कार्यालयमा तारबार नभएकाले दुर्घटना भयो।’

सामुदायिक भवन बनाउँदा सुरक्षाका मापदण्ड अपनाउनु पर्ने व्यवस्था रहेको उनले सुनाए।

‘ठूलो ज्यानको हात्ती भएकाले सेप्टिक ट्यांकीले धान्न सकेन होला,’ उनले भने,‘यसअघि यस्तो दुर्घटना नभएकाले वनको बीचमा भएका भवनसँगै सेप्टिक ट्यांकी कस्तो बनाउने स्पष्ट मापदण्ड छैन।’

चारवटै खुट्टा सेप्टिक ट्यांकी भासिएर तल झरेका थिए। पुच्छर र मुखतिरको अगाडिको भाग सेप्टिक ट्यांकी बाहिर रहेकोले श्वास फेर्न नसक्दा हात्तीको मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले बताए।

हात्तीको उमेर २५र३० वर्ष अनुमान गरिएको छ। हात्ती फसेको सेप्टिक ट्यांकी ७र८ वर्षअघि निर्माण गरिएको थियो।

सामुदायिक वनमा हल्दी र बाँसको झाडी छ। त्यहीँ आहार चर्न हात्तीको बथान केही साताअघिदेखि आउने गरेको थियो। यसलाई हात्ती हिँड्ने करिडोरका रुपमा लिइन्छ।

माथि चुरेसम्मै जोडिएको यो करिडोर भएर हात्ती बेलडाँडी हुँदै भारततर्फ जाने गरेका छन्।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयका वरिष्ठ संरक्षण अधिकृत किशोरकुमार मेहताले पुरानो संरचना भएकाले हात्तीलाई थेग्न नसकेको हुनसक्ने बताए।

‘सामुदायिक वन २०५४ सालमा स्थापना भएको रहेछ। भवन पनि पुरानै हो,’ दुर्घटनास्थल पुगेका संरक्षण अधिकृत मेहताले भने,‘भवनबाहिर सेफ्टी ट्यांकी रहेछ। ट्यांकीमा स्यालब थियो, भाँचिएछ।’

गाडियो हात्ती
मरिसकेको हात्तीलाई खाल्डो खनेर गाडिएको उनले बताए। स्थानीयहरुबाट मुचुल्का बनाएर गाड्ने व्यवस्था रहेको उनले बताए।

तर हात्तीको मृत्यु शंकास्पद लागेमा पोस्टमार्टम गर्ने लगायत व्यवस्था छन्। शंकास्पद रहे नरहेको कुरा नेपाली सेनाको टोलीको अनुगमनबाट हुने महानिर्देशक ढुंगानाले बताए।

शुक्लाफाँटा निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत मेहेताले डोजरले खाल्डो खनेर हात्तीलाई पुरिएको बताए। उनले समूहमै रहनु पर्ने हात्ती जंगलबाट खाना खोज्दै आएको हुन सक्ने बताए।

निकुञ्जका पशु चिकित्सक डा। आभाष श्रेष्ठ नेतृत्वको टिमले हात्तीको पोष्टमार्टम गरेपछि खाल्डोमा गाडिएको हो।

हात्तीलाई गाड्न शुक्लाफाँटा नगरपालिकाको डोजर प्रयोग गरिएको थियो।

‘स्रोत साधन जुटाउन समय लाग्ने देखिएपछि नगरपालिकाको डोजरले सेप्टिक ट्यांकीसँगै खाल्डो खनेर गाडेका छौँ,’ सहायक संरक्षण अधिकृत ऐरले भने।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group