ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेद्वारा लेखा समिति बैठक बहिस्कार, कोरम नपुग्दा बस्दै नबसी स्थगित


एबीसी न्यूज
३२ श्रावण २०८०, बिहिबार   ३ : २३   बजे

काठमाडौं, ३२ साउन । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक गणपूरक संख्या नपुग्दा बस्दै नबसी स्थगित भएको छ।

बिहीबार सिंहदरबारमा बोलाइएको संसदीय समितिको बैठक गणपूरक संख्या नपुगेपछि स्थगित गरिएको हो। आजको सार्वजनिक लेखा समितिको बैठकमा बेरुजु सम्परीक्षण सम्बन्धमा छलफल हुने विषय राखिएको थियो।

संसदीय समितिको नेतृत्व चयन हुन नसकेको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बैठक बहिष्कार गरेसँगै समितिमा गणपूरक संख्या नपुगेको हो। बैठक बस्न नसकेपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेपाली कांग्रेसका सांसद एवं सार्वजनिक लेखा समितिका ज्येष्ठ सदस्य सभापति अर्जुननरसिंह केसीले अहिले संसद नचलिरहेको समयमा समितिहरू जागरुक हुँदा संसदलाई चलाउन निकास निस्किनसक्ने भएकाले पनि बैठक बोलाइएको बताए।

उनले राष्ट्रिय समस्याको रुपमा रहेको बेरुजु, आर्थिक हिनामिना र अनियमितताबारे छलफल गर्न लागेपनि कोरम नपुग्दा बैठक बस्न नसकेको बताए।

‘अहिले संसद नचलिरहेको समयमा समितिहरु एक्टिभ भएर संसदलाई चलाउन पनि कुनै निकास मिल्न सक्छ। संसदका समिति भनेको राष्ट्रिय विषयमा राम्रोसँग छलफल गरेर समाधान गर्न सकिन्छ,’ उनले भने, ‘हामीले आज अहिले राष्ट्रिय समस्याको रुपमा रहेको बेरुजु जुन छ, आर्थिक हिनामिना र अनियमितताको कुरामा छलफल गर्न लागेका हौँ। त्यसमा छलफल गर्न बैठक बोलाइएको भएपनि कोरम पुग्न सकेन त्यसकारण स्थगित भयो। सबै समितिमा सभापति सकेसम्म चाँडो आओस्।’

ज्येष्ठ सदस्य सभापति केसीले सबै समितिमा सभापति सकेसम्म चाँडो चयन हुनुपर्ने बताए।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रतिनिधिसभा आज बस्दै, भूमिहीन र सुकुम्बासीको मुद्दामा जरुरी प्रस्तावमाथि छलफल

देशभर मनसुनी प्रभाव कायम, केही प्रदेशमा भारी वर्षाको सम्भावना

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu