ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनतासँग पानी र माछाको जस्तो सम्बन्ध थियो, बीचमा अल्मलियौं : प्रचण्ड


एबीसी न्यूज
३२ श्रावण २०८०, बिहिबार   ४ : २२   बजे

काठमाडौं, ३२ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनतासँगको सम्बन्धलाई फेरि ट्रयाकमा ल्याउने संकल्पसहित अघि बढिएको बताएका छन् ।

बिहीबार रामेछापमा आयोजित २०औँ दोरम्बा हत्याकाण्ड दिवस कार्यक्रममा उनले पहिले माओवादीसँग जनताको सबन्ध पानी र माछाको जस्तो भएको र बीचमा अल्मलिएको बताए ।

“माओवादीसँग जनताको हिजो पानी र माछाको जस्तो सम्बन्ध थियो । नङ र मासुको जस्तो सम्बन्ध थियो । जनताको छोराछोरीको रूपमा माओवादीले जनताको रूपमा साथ दिने गरेको थियो ,” उनले भने, “बीचमा अल्मलिएको कुरालाई फेरि एक पटक ट्याकमा, सहि बाटोमा ल्याउने संकल्प गरेर आएका छौँ ।
आत्मआलोचना गर्दै फेरिने संकल्पसहित तीन महिने अभियानमा शुभेच्छुक र विरोधीको घरमा पनि जाने उनको भनाइ छ । अर्को तीन महिनामा जीवन्त पार्टीको रूपमा आउने बताए । एक ढिक्का भएर जाँदा आगामी निर्वाचनमा ०६४ को भन्दा ठूलो पार्टी बन्न सक्ने समेत बताए ।

“यही प्रक्रियाले गयौं भने अर्को निर्वाचनसम्म पुग्दा ०६४ मा जहाँ थियो । त्यहाँभन्दा माथि जान सकिन्छ,” प्रचण्डको भनाइ छ ।

उनले सरकारले बेथिति विरुद्धको अभियान चलाइएको बताए । गठबन्धनमा समस्या नरहेको जिकिर गरे ।

“गठबन्धनमा राम्रो सहमति छ । कहिलेकाहीँ केही मानिसहरू जसलाई सुशासन, समाजिक न्याय र समृद्धिको मन परेको छैन । उनीहरूले विभिन्न खालका भ्रम छर्ने कोशिष गरेका छन् ,” उनले भने, “गठबन्धन एक ढिक्का छ । भाम्रक प्रचारको पछि नलाग्न आग्रह गर्दछु ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नक्कली शरणार्थी प्रकरणमा १६ जना दोषीलाई सजाय, रायमाझीलाई ४ वर्ष कैद, खाँणलाई २ वर्ष

अमेरिकी मध्यस्थतामा इजरायल–लेबनान वार्ता पुनः सुरु, दक्षिण लेबनानबाट इजरायली फौज फिर्ता गर्ने रूपरेखा खोजिँदै

सम्बन्धित

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु

गेट छेकेर पार्किङ गर्नेहरूलाई ट्राफिकको जरिवाना, घटनामाथि प्रश्न यथावत्

सुनसरीमा विद्युत कार्यालय धरानको गाडी दुर्घटना, २ जनाको मृत्यु

देशभर अधिकांश स्थानमा मध्यमसम्मको वर्षा, सावधानी अपनाउन आग्रह

काठमाडौँका नदीमा बाढीको जोखिम, भोलि बिहानसम्म सतर्क रहन आग्रह

लेदो झर्दा मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu