ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजस्व संकलन ७५ अर्ब ५५ करोड, खर्च ३४ अर्ब ३६ करोड


एबीसी न्यूज
३२ श्रावण २०८०, बिहिबार   ४ : ४८   बजे

काठमाडौं, ३२ साउन । चालू आर्थिक वर्षको पहिलो महिना सकिएको छ। पहिलो महिना सकिँदा संघीय सरकारको आम्दानी ८४ अर्ब ८१ करोड रुपैयाँ भएको छ।

राजस्वमार्फत सरकारको आम्दानी ७५ अर्ब ५५ करोड रुपैयाँ भएको छ।

त्यस्तै, सरकारले खर्च भने ३४ अर्ब ३६ करोड रुपैयाँ गरेको छ। त्यसमा चालू तर्फको खर्च११ अर्ब ५१ करोड रुपैयाँ रहेको छ भने पुँजीगत तर्फ सरकारले ७७ करोड ९१ लाख रुपैयाँ खर्चिएको छ। वित्तीय व्यवस्थापनमा भने सरकारले २२ अर्ब रुपैयाँ खर्चिएको छ।

चालू आर्थिक वर्षको राजस्वको लक्ष्य १४ खर्ब २२ अर्ब रुपैयाँ छ भने सरकारले १७ खर्ब ५१ खर्बको खर्च लक्ष्य प्रस्तुत गरेको छ। तर राजस्वको आम्दानीले खर्च गर्न नै नपुग्ने अर्थविद दथा पूर्वअर्थमन्त्री युवराज खतिवडा बताउँछन्।

उनी भन्छन्, ‘मुख्य कुरा अर्थतन्त्र चलायमन हुन सकिरहेको छैन। त्यसले गर्दा राजस्व धेरै बढ्ने देखिँदैन। त्यसकारणले गत वर्ष जस्तै यो वर्ष पनि सरकारलाई खर्च व्यवस्थापनमा चाप पर्ने नै देखिएको छ।’

सरकारले अर्थतन्त्र चलायमान बनाउनको लागि पहिले नै सोच्नु पर्ने थियो। तर अहिले चलायमान बनाउने भन्दै जग्गाको कित्ताकाट खुल्ला गरेको छ। जग्गाको कित्ताकाटले समस्या समाधान हुनेवाला नभएको उनको भनाई छ।

राष्ट्र बैंक र अर्थमन्त्रालयले दुवैले बेलामा बुद्धि नपुर्याउँदा अर्थतन्त्र चलायमान भएको छैन। वैदेशिक व्यापार घटेको आँकडाले नै प्रष्ट्याउने उनले बताए।

यस्तो छ सरकारको यो वर्षको आम्दानी र खर्चको लक्ष्य
चालू आर्थिक वर्षका लागि सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। जसमध्ये चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड रुपैयाँ अर्थात् कुल विनियोजनको ६५ दशमलव २० प्रतिशत रहेको छ।

यस्तै, पुँजीगततर्फ १७ दशमलव २५ प्रतिशत अर्थात ३ खर्ब २ अर्ब ७ करोड र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ७ अर्ब ४५ करोड रुपैयाँ विनियोजन गरेको छ। यो रकम कुल विनियोजनको १७ दशमलव ५५ प्रतिशत हो।

यस्तै, प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ खर्ब ८ करोड रुपैयाँ रहेको छ। चालू आर्थिक वर्षका लागि अनुमान गरिएको व्ययको स्रोत राजश्व परिचालनबाट १२ खर्ब ४८ अर्ब ६२ करोड रुपैयाँ रहेको छ।

वैदेशिक अनुदानबाट ४९ अर्ब ९४ करोड व्यहोर्दा ४ खर्ब ५२ अर्ब ७५ करोड रुपैयाँ न्यून हुने भएको छ। उक्त न्यूनता पूर्ति गर्न वैदेशिक ऋणबाट २ खर्ब १२ अर्ब ७५ करोड रुपैयाँ जुटाइने बताइएको छ।

राजस्व परिचालन र वैदेशिक अनुदान तथा ऋण सहायता परिचालन गर्दा नपुग हुने खुद २ खर्ब ४० अर्ब आन्तरिक ऋणबाट व्यहोरिने भएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group