ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हातको शल्यक्रिया गराएका सांसद चन्द्र भण्डारीको स्वास्थ्य अवस्था कस्तो छ ?


एबीसी न्यूज
३ भदौ २०८०, आइतबार   ५ : २८   बजे

काठमाडौं, ३ भदौ । जलनपछि नियमित उपचारमा रहेका नेपाली कांग्रेसका सांसद डा। चन्द्र भण्डारीकोे दायाँ हातको शल्यक्रिया गरिएको छ । कीर्तिपुर बर्न अस्पतालमा शल्यक्रियापश्चात् भण्डारी पुरानो बानेश्वरस्थित डेरामा आराम गरिरहेका छन् ।

केही दिन अझै विशेष स्याहार गर्नुपर्ने र उनी हिँड्डुल गर्ने अवस्थामा नरहेको भण्डारीकी श्रीमती डा। लक्ष्मी पाण्डेले बताइन् ।

कीर्तिपुरमा के गरियो रु
भारतमा उपचार गराएर फर्किएपछि भण्डारी निरन्तर थेरापीमा रहेका थिए । दायाँ हातमा जलनको गहिरो चोट थियो । भारतमा नै दायाँ हातको दुईपटक शल्यक्रिया गरिएको थियो । पछिल्लो समय त्यही हातमा छाला बढेपछि शल्यक्रिया गरिएको हो ।

६ घण्टा लामो शल्यक्रियाका लागि कीर्तिपुर अस्पतालको चिकित्सक टोलीलाई साथ दिन क्यानडाबाट वरिष्ठ प्लास्टिक सर्जन डा। टिम स्प्रोउल नेपाल आएका थिए । शल्यक्रिया गरिएको हातमा भण्डारीको पेटको भागबाट छाला निकालेर प्रत्यारोपण गरिएको सो अस्पतालका प्लास्टिक सर्जरी विभाग प्रमुख डा। किरण नकर्मीले जानकारी दिए ।

डा। नकर्मीका अनुसार शल्यक्रियापछि आउँदो मंगलबार पहिलो ड्रेसिङ गरिनेछ । पहिलो ड्रेसिङपछि उनको हातको अवस्थाबारे थप बताउन सकिने उनको भनाइ छ ।

पहिलो ड्रेसिङको एक सातापछिदेखि शल्यक्रिया गरिएको हातको दैनिक थेरापी गर्नुपर्ने डा। नकर्मीले बताए ।

०७९ फागुन ३ गते राति काठमाडौंको बुद्धनगरस्थित घरमा ग्यास चुहिएर आगलागी हुँदा भण्डारी र उनकी आमा हरिकला गम्भीर घाइते भएका थिए । शरीरको ७० प्रतिशत भाग जलेकी हरिकलाको उपचारका क्रममा भोलिपल्ट कीर्तिपुर अस्पतालमा मृत्यु भएको थियो ।

सांसद भण्डारीको भने अनुहार, दायाँ हात र खुट्टा गरी शरीरको ३० प्रतिशत भाग जलेको थियो । भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा ७२ दिनको उपचारपछि उनलाई नेपाल ल्याइएको थियो । त्यसयता कीर्तिपुर र फ्रन्टलाइन अस्पतालका चिकित्सकले उनको थेरापी र फलोअप उपचार गरिरहेका थिए ।

पछिल्लो समय भण्डारी संसद्, संसदीय समिति र दलको बैठकमा पनि उपस्थित भइरहेका थिए ।

उनी भारतमा रहँदा विभिन्न देशमा रहेका नेपालीले उपचारका लागि भन्दै केही रकम समेत पठाएका थिए । आफूले त्यो रकमबाट उपचार गराउँदा जनताको अपमान हुने भन्दै उनले लिन मानेका थिएनन् । भारतमा उपचार गराउँदा झन्डै एक करोड रुपैयाँ खर्च भएको उनको भनाइ छ ।

“म जनताको एक रुपैयाँ लिन्नँ, बरु त्यो पैसा अस्पताल बनाउन जाओस्, हजारौँ नेपालीले मजस्तै पुनर्जीवन पाऊन्,” सांसद भण्डारीले भने । उनको उपचारमा राज्यकोषबाट पनि रकम नलिइएको परिवारले जनाएको छ ।

पछिल्लो शल्यक्रिया भने कीर्तिपुर अस्पतालले निःशुल्क गरेको थियो । डा। स्प्रोउल आफ्नै खर्चमा क्यानडाबाट नेपाल आई उपचारमा संलग्न भएको अस्पतालले जनाएको छ ।

भण्डारी र महजोडीको संरक्षणमा कीर्तिपुर अस्पतालमा जलन कोष समेत स्थापना गरिएको छ । जलनको महँगो र संवेदनशील उपचार हुने भएकाले न्यून आय भएका नागरिक समेत वञ्चित नहून् भन्ने उद्देश्यले कोष स्थापना गरिएको उनकी श्रीमती लक्ष्मी बताउँछिन् ।

सो कोषमा जम्मा हुने रकमबाट सामाजिक सेवा इकाइमार्फत कीर्तिपुर बर्न अस्पतालमा विपन्न, असहाय तथा बेवारिसे बिरामीको निःशुल्क उपचार गरिने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group