ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वासको मत लिने अनिश्चित : मुख्यमन्त्री भन्छन्– नबस्ने भए बैठक किन बोलाएको ?


एबीसी न्यूज
४ भदौ २०८०, सोमबार   १ : २०   बजे

काठमाडौं, ४ साउन । कोसी प्रदेशकी उपसभामुख सिर्जना दनुवार बिरामी परेर अस्पताल जाँदै गरेको भन्दै आजको बैठकमा अनुपस्थित हुने भएकी छन् । कोसी सरकारका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिनका लागि उनले आफैँले मिति तोकेर बैठक बोलाएकी थिइन् ।

उनले बिरामी परेर अस्पतल जाँदै गरेको जानकारी गराएको मुख्यमन्त्री थापाले बताए । “सभामुखले आजको दिन भनेर तोकिदिएको दिन थियो । उहाँले नै आजको बैठक बोलाउनुभएको हो,” थापाले भने, “उहाँ नै अनुपस्थित भएपछि आजको दिन विश्वासको मत लिने कुरा सम्भव नहोला । ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ, १३ गतेसम्म म विशवासको मत लिनेछु ।”

‘नेकपा एमालेको निर्देशनमा उपसभामुख अनुपस्थित हुन लागेकी हुन् रु’ भन्ने प्रश्नमा थापाले पार्टीका विषयमा आफ्नो चासो नरहेको बताए ।

“सभामुखको रूपमा भूमिका निर्वाह गर्ने कुरा उहाँको हो । विश्वासको मत लिने कुरामा सहभागी हुने इच्छा नहुँदो हो त उहाँले मिति पनि नतोक्नुपर्थ्यो,” उनले भने, “पार्टीका विषयमा मेरो कुनै टिप्पणी छैन । संसदीय व्यवस्थामा बैठक बोलाएर सभामुख आफैँ अनुपस्थित हुने कुराले व्यवस्थालाई नै धरापमा पार्छ ।”

उनले आफू सहमति र सहकार्यकै पक्षमा रहेको भन्दै हरेक दलले जिम्मेवार भएर निर्णय लिने विश्वास व्यक्त गरे ।

उनले अघिल्लो सरकारको बजेट कार्यान्वयन गर्न सक्ने अवस्था नरहेको बताए । नयाँ सरकार बनाएपछि बजेट पनि आफ्नै ल्याएर कार्यान्वयन गर्ने उनले स्पष्ट पारे ।

“नयाँ, पुरानो भन्दिनँ, हामी आफ्नै सरकार बनाउँछौँ, आफ्नै बजेट ल्याउँछौँ,” मुख्यमन्त्री थापाले भने ।

उनले कार्यव्यवस्था परामर्श समितिको बैठक जारी रहेको जानकारी दिए । प्रदेशसभा बैठक सञ्चालनका विषयमा पनि त्यहीँ छलफल हुने उनले विश्वास व्यक्त गरे ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group