ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाढीले जोमसोम–कोरला सडक अवरुद्ध


एबीसी न्यूज
४ भदौ २०८०, सोमबार   २ : १४   बजे
काठमाडौं, ४ साउन ।  खहरे खोला उर्लिएर आएपछि जोमसोम–कोरला सडक अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोरअन्तर्गत पर्ने सो सडक आइतबार रातिदेखि अवरुद्ध भएको हो ।
मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाको ताङ्बे भन्ने स्थानमा खहरे खोलामा आएको बाढीले सडक ठप्प बनाएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिनुभयो । सडक अवरुद्ध हुँदा उपल्लो मुस्ताङमा सिधा यातायात सञ्चालन हुन नसकेको प्रजिअ केसीले बताउनुभयो ।
गत साता कागखोलामा आएको बाढीले गर्दा अवरुद्ध बनेको जोमसोम–कोरला सडक केही दिनमै सञ्चालनमा आएको थियो । आइतबार रातिको बाढीले पुनःअवरुद्ध बनाएपछि जोमसोमदेखि कोरला पुग्ने र उपल्लो मुस्ताङदेखि जोमसोम, पोखरा, काठमाडौँलागायतका स्थानमा जाने सवारीसाधन ठप्प भएको उहाँले जानकारी दिनुभयो ।
उपल्लो मुस्ताङबाट फर्किने आन्तरिक तथा बाह्य पर्यटक समस्यामा परेका छन् । जोमसोमदेखि उपल्लो मुस्ताङ पुग्ने वैकल्पिक सडक भने छैन । खोलामा बाढीको बहाव घट्दै गएको हुँदा आज साँझसम्म सडक खुलाउने प्रयास भइरहेको प्रजिअ केसीले बताउनुभयो ।
“हिजो राति खहरे खोलामा बाढी आएपछि उपल्लो मुस्ताङसँग सिधा यातायात हुन सकेको छैन, सडक खुलाउनका लागि मेसिन प्रयोग भएका छन्, आज साँझसम्म खुलाउने कोसिस गरेका छौँ”, प्रजिअ केसीले भन्नुभयो, “कागखोलामा बाढी आउँदा केही पर्यटकलाई जोमसोमसम्म झारेका थियौँ, अहिले पनि केही पर्यटक माथिल्लो मुस्ताङमा हुनुहुन्छ, पैदल यात्रा गर्ने ठाउँ पनि रहेको हुँदा धेरै समस्या पर्दैन, साँझसम्म गाडी नै सञ्चालन होला भन्ने अपेक्षा छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group