ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदान जारी


admin
२४ माघ २०७४, बुधबार   ११ : १७   बजे

काठमाडौं, २४ माघ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागी प्रदेश नम्वर २ बाहेकका अन्य प्रदेशमा मतदान जारी छ । बिहान १० बजे शुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्ने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

निर्वाचनमा स्थानीय तहका प्रमुख/उपप्रमुख वा अध्यक्ष/उपाध्यक्षका लागि र प्रदेशसभा सदस्यले मतदान गर्न पाउनेछन् । उनिहरुका लागि बेग्लाबेग्लै मतदान केन्द्र निर्धारण गरिएको छ । सातै प्रदेशबाट छानिने ५६ मध्ये २४ सिटमा उम्मेदवारी मनोनयनकै क्रममा निर्विरोध भइसकेको छ । निर्वाचन आयोगका अनुसार आज ३२ सिटका लागि मतदान भईरहेको छ । त्यसका लागि ५२ जना चुनावी प्रतिस्पर्धामा छन् ।

आयोगले चुनाव हुन लागेका प्रदेशमा दुई दुई वटाको दरले १२ वटा मतदान केन्द्र निर्माण गरेको जनाएको छ । ती प्रदेशमा स्थानीय तहका १ हजार २ सय ३४ तथा प्रदेशसभाका ४ सय ४३ जना गरी १ हजार ६ सय ७७ मतदाता छन् । राष्ट्रिय सभा निर्वाचनमा स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार १८ र प्रदेश सभा सदस्यको मतभार ४८ कायम गरिएको छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा पनि एमाले माओवादी केन्द्रले साझा उम्मेदवार उठाएका छन् । मधेशवादी र केही साना दलले कांग्रेससँग तालमेल गरेका छन् । २ नम्बरबाट चुनिने ८ जना सदस्य निर्विरोध भएकाले त्यहाँ चुनाव गर्न नपर्ने भएको छ ।

यसरी हुन्छ मतदान – 
प्रत्येक मतदान केन्द्रमा प्रदेशसभा र स्थानीय तहबाट प्रतिनिधित्व गर्ने मतदाताहरूका लागि अलगअलग मतदान केन्द्र निर्धारण गरिएको छ। बहुमतीय प्रणालीबाट मतदान हुने समूहका लागि दिइने मतपत्रमा मतदाताले आफूले मतदान गर्न चाहेको व्यक्तिलाई रेजा चिह्न लगाई मतदान गर्नुपर्नेछ।
एकल संक्रमणीय प्रणालीबाट मतदान हुने समूहको हकमा भने मतदाताले आफूले रोजेको उम्मेदवारको नाम अगाडि निर्धारित बक्समा प्राथमिकताक्रम १, २, ३ लेखी मतदान गर्नुपर्ने उनले बताए। महिला र अन्य समूहमा उक्त प्रणाली लागू हुने र दुवै समूहमा ३/३ जना निर्वाचित हुने भएकाले प्राथमकिताक्रम ३ वटा तोकिएको हो।
बहुमतीय तथा एकल संक्रमणीय दुवै मत प्रणालीबाट भएका मतदानमा एकजनाले गरेको मतको मूल्य प्रदेशसभाका सदस्यको हकमा ४८ तथा स्थानीय तहका प्रतिनिधिको हकमा १८ गणना हुनेछ। एकल संक्रणीय मत प्रणालीअनुसारको मतदान गर्दा मतदाताले उम्मेदवार अगाडि प्राथमिकताक्रम लेख्न छुटाउनु हुन्न।
प्राथमिकताक्रम निर्धारण नगरी रेजा मात्रै लगाइए वा प्राथमिकताक्रम दिँदा पहिलो प्राथमिकता निर्धारण नगरिएको, प्राथमिकता दोहोरिएको मतपत्र बदर हुनेछ। कसैले पहिलो प्राथमिकता दिएको, दोस्रो नदिएको तर एकैपटक तेस्रो दिएको पाइए त्यस्तो अवस्थामा मत संक्रमणीय हुँदैन।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group