ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिन्धुलीका आयोजना प्रभावितहरु आन्दोलित


admin
२४ माघ २०७४, बुधबार   २ : ०७   बजे

सिन्धुली, २३ माघ । निर्माणाधिन हेटौडा–चतारा राजमार्ग निधारित समयमा नै निर्माण सम्पन्न कठिन हुने देखिएको छ । आयोजनाले बारम्वार सर्वे परिवर्तन गर्ने गरेका कारण सिन्धुलीका स्थानीयहरु आन्दोलित भएपछि आयोजना निर्धारित समयमा नै सम्पन्न हुन कठिन हुने देखिएको हो ।

आयोजनाले पहिला भएको सर्वेलाई परिवर्तन गरी बजार क्षेत्रबाट सडक विस्तार गर्न लागेको भन्दै मरिण गाउँपालिकाका प्रभावितहरुले त्यसलाई रोक्नका लागि मंगलवार जिल्ला प्रशासन कार्यालयम ज्ञापनपत्र बुझाएका छन ।

हेटौडा–चतारा सडक आयोजनाले पहिला कपिलाकोट बजार भन्दा करिव १ सय मिटर माथिबाट सडकको सर्वे गरेको भएपनि हाल आयोजनाले प्राविधिकहरु खटाएर बजार क्षेत्रबाट सर्वे गर्न सुरु गरेपछि स्थानीयहरु त्रसित बनेका हुन ।

आयोजनाले निर्माणधिन सडक कहाँबाट जान्छ भन्ने सम्म पनि स्थानीयलाई जानकारी नगराउनु र फिल्डमा खट्टिएका प्राविधिकहरुलाई पनि सडक निर्माण पहिलाको स्थानबाट हुन्छकी हाल सर्वे भइरहेको स्थानबाट हुन्छ भन्ने नै थाहा नपाएको बताउने गरेका कारण आफुहरु झन त्रसित बनेको ज्ञापनपत्र बुझाउन आएका मरिण गाउँपालिका–४ का श्रीलाल माझीले बताए ।

आयोजनाले पहिला सर्वे गर्दा पराम्परागत प्रयोग भईरहेको सडक भन्दा करिव १ सय मिटरमाथि बाट सर्वे गरेको र हाल पराम्परागत बाटोबाट नै सर्वे गर्न थालेपछि आफुहरु समस्यामा परेको माझिले बताए । आयोजनाले सडकको दाँयाबायाँ कति मिटर जमिन अधिग्रहण गर्ने भन्ने नै कसैलाई पनि थाहा नहुनु, जिम्मेवार पक्ष,फिल्डमा आएर जनतालाई नबुझाउनु, अहिले सम्म कहि पनि सार्वजनिक सुनवाई नगर्नुले आयोजनाको नियतमाथि स्थानीयको शंका पैदा गरेको माझिले बताए ।

हाल सर्वे गरिएको स्थानमा प्रचलनमा रहेको सडकको दायाँवाँया साढे ७ मिटरका दरले विस्तार गर्ने भनिएको भएपनि सडक नै साढे ११ मिटरको वन्ने सरकारले टेण्डर गर्ने बेलामा नै बताई सकेकाले अहिलेको सर्वे पनि यतावत रहन्छ भन्नेमा स्थानीयहरु शसंकित रहेको संघर्ष समितिका संयोजक शम्भु कार्कीले बताए ।

नेपाल सरकारले जारी गरेको राजपत्रमा नै सडकको मध्ये विन्दुबाट १५÷१५ मिटर अधिग्रहण गर्ने भनि जारी गरिएको छ, आयोजनाका प्रमुख आएर साढे ७ मिटरका दरले दायाँबाँया लिने भनेर सर्वे गर्दा स्थानीय शसंकित हुनु स्वभाविक नै हो,कार्कीले भने ।

हाल सर्वे गरिएको स्थानबाट सडक विस्तार गर्ने हो भने भुकम्पबाट बल्ल उठेका घरकाधुरीहरु फेरी ढल्ने र मरिण गाउँपालिको जय मंगलदेखि भुताहा सम्म मात्रै करिव ७ सय घरपरिवार घरबार विहिन वन्ने संघर्ष समितिका संयोजक कार्कीले बताए ।

यदी आयोजनाले सडक निर्माणको बारेमा स्थानीयलाई जानकारी नगराउने र उचित क्षतिपूर्ति नदिने हो भने आयोजनाको निर्माण कार्यमा अवरोध सृजनागर्ने कार्कीले चेतावनी समेत दिए ।

आयोजनाले जनतालाई सडक निर्माण बारे जानकारी नगराउनुले स्थानीयहरु त्रसित हुनु स्वभाविक भएको नेकपा एमाले सिन्धुलीका उपाध्यक्ष प्रलाद पोखरेलले बताए । आयोजनका जिम्मेवार व्यक्तिहरु आएर पिडित तथा सडक प्रभावित व्यक्तिहरुलाई जानकारी नगराउनु र आयोजनले कति जमिन अधिग्रहण गर्ने भन्ने नै एकिन नहुनुले आयोजनाको नियतमाथि स्थानीयले प्रश्न उठाउनु स्वभाविक भएको पोखरेलले बताए ।

पिडितहरुको ज्ञापन पत्र बुझदै प्रमुख जिल्ला अधिकारीले सम्वन्धित पक्षलाई बोलाएर पिडित पक्ष समेतलाई राखेर छलफल गराउने प्रतिवद्धता व्यक्त गरे ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group