ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीले भने- चीन भ्रमणमा विद्युत् व्यापारको समझदारी बन्दै छ


एबीसी न्यूज
५ भदौ २०८०, मंगलबार   ५ : ०१   बजे

काठमाडौं, ५ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उर्जामा आत्मनिर्भर बन्दै विद्युत व्यापार मार्फत मुद्रा आर्जन गर्ने कार्यको थालनी गरेको बताएका छन्।

भरतपुर २२०र१३२ किलोभोल्ट केभी सबस्टेसन र हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइनको उद्घाटन गर्दै उनले वर्तमान सरकार विद्युत उत्पादनबाट देशको अर्थतन्त्रमा आत्मनिर्भर हुने सपना पुरा गर्न लागि परेको बताएका हुन्।

प्रधानमन्त्री प्रचण्डले भने, ‘हामीले उत्पादन, प्रशारण र वितरणमा उचित तालमेल मिलाई उर्जा क्षेत्रमा देशलाई आत्मनिर्भर बनाउदै गएका मात्र छैनौं बढी भएको विद्युतलाई अन्तरदेशीय विद्युत व्यापार मार्फत मुद्रा आर्जन गर्ने कार्य गर्न थालनी गरेका छौं। विद्युत विकासका ३ वटै क्षेत्रमा गुणात्मक विकास गर्नका लागि यो प्रशारण लाइनको निर्माण र संचालन एक महत्त्वपूर्ण कदम हो। आगामी दिनमा अझ गुणात्मक रूपमा उत्पादन, प्रशारण र वितरणका कामहरू अघि बढ्नेछन।

बुढीगण्डकीको कार्यालय स्थापना र कामको प्रारम्भ तथा चिसापानी जलविद्युत परियोजनाको अध्ययनको प्रक्रिया अघि बढाएको बताउँदै यसले नेपालको उर्जाको क्षेत्रमा गुणात्मक फड्को मार्ने पनि उनले बताए।

प्रधानमन्त्री प्रचण्डले भने, ‘हामीले बुढी गण्डकी र कर्णाली चिसापानी ९जो मिराकल प्रोजेक्ट हुन० बुढीगण्डकीको कार्यालय स्थापना र कामको प्रारम्भ तथा चिसापानी जलविद्युत परियोजनाको अध्ययनको प्रक्रिया अघि बढाएका छौं। यसले नेपाललाई उर्जाको क्षेत्रमा गुणात्मक रूपमा अर्को ठाउँमा पुर्याउने छ। यसका लागि सरकारले निजी लगानीकर्तालाई विद्युत उत्पादनमा प्रोत्साहन गरेको छ।’

उनले अन्तरदेशिय ट्रान्मिस्सन लाईन विस्तार गरी विद्युत व्यापारलाई प्राथमिकता दिएको उल्लेख गरे। बंगलादेशसँग विद्युत व्यापारको ढोका खुलेको बताउँदै आसन्न चीन भ्रमणमा पनि विद्युत व्यापारको सम्भावना रहेको पनि बताए।

प्रधानमन्त्रीले भने, ‘हालैको भारत भ्रमणमा भारत सरकारसँग विद्युत खरिदमा भएको समझदारीले यसका लागि सकारात्मक पहल भएको छ।भारत र बङ्गलादेशसँगको विद्युत व्यापार सम्झौता पछि हामीले उत्तरी छिमेकी चीनसङ्ग पनि आसन्न भ्रमणमा विद्युत् व्यापारको समझदारी बनाउदै छौं।’

आफूहरूको जोड बढिभन्दा बढि स्वदेशमा विद्युत खपत गरी जनताको जीवनस्तर उकास्ने तर्फ नै सरकारको जोड रहेको पनि स्पष्ट प्रधानमन्त्रीले पारे।

उनले विद्युत विकासमा उत्पादन, प्रशारण र वितरणको नीति लिईनुपर्ने बताए। विगतको मन्दताभन्दा अहिले उत्पादनमा तीब्रता आएको प्रधानमन्त्री प्रचण्डको भनाई थियो।

हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी र युरोपेली लगानी बैंक ९ईआइबी०को सहुलितपूर्ण ऋणमा सबस्टेसन र नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलितपूर्ण ऋणमा निर्माण गरिएको हो।

सबस्टेसन २०७७ को असारमा ठेक्का लागेर २०८० को साउनमा निर्माण सम्पन्न भएको थियो। यसको कूल लागत एक अर्ब ५२ करोड छ।

हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइनको लम्बाइ करिब १४७ किलोमिटर छ। ७ अर्ब ९४ करोड कूल लागतमा निर्माण सम्पन्न भएको यो प्रसारण लाइनबाट एक हजार मेगावाटसम्म विद्युत् प्रवाह गर्न सक्ने क्षमता छ।

हेटौंडा–भरतपुर र भरतपुर–बर्दघाट दुई खण्डमा विभाजन गरी यसको निर्माण गरिएको थियो। मकवानपुरको हेटौँडा उपमहानगरपालिका चौकीटोलस्थित पुरानो हेटौँडा सबस्टेसनबाट नयाँ भरतपुर सबस्टेसनसम्मको २२० केभी डबल सर्किट प्रसारण लाइनको एउटा सर्किटलाई १३२ केभीमा चार्ज गरिएको छ।

दोस्रो खण्डअन्तर्गत नयाँ भरतपुर सबस्टेसनबाट सुरु भई बर्दघाट सबस्टेसनमा अन्त्य हुने ७४ किलोमिटर २२० केभी डबल सर्किट प्रसारण लाइनलाई हाल १३२ केभीमा सञ्चालनमा ल्याइएको छ।

प्रसारण लाइनको क्षमता सुदृढीकरण, नेपालको एकीकृत विद्युत् प्रणाली विश्वसनीय बनाउन पश्चिम क्षेत्रमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत् प्रवाहका लागि हेटौँडा–भरतपुरबर्दघाट प्रसारण लाइन निर्माण गरिएको हो।

नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलितपूर्ण ऋणमा आयोजना सुरु गरिएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group