ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ललिता निवास जग्गा प्रकरण : सिआइबीको प्रतिवेदनमा दुई पूर्वप्रधानमन्त्रीबारे लेखियो यस्तो


एबीसी न्यूज
५ भदौ २०८०, मंगलबार   ४ : ५३   बजे

काठमाडौं, ५ भदौ । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा किर्ते कागजात खडा गरेर व्यक्तिको नाममा पुर्‍याएको घटनाको अनुसन्धान प्रतिवेदनमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई साक्षी बनाइएको छ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले २ वर्षदेखि गरिरहेको अनुसन्धान सकेर १८ प्रतिवादीसहित ८०० पेजको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा पेश गरेको छ। सोही प्रतिवेदनमा पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई साक्षीका रूपमा पेश गरिएको छ।उनीहरू दुबै जनासँग आइतबार सिआइबीले बयान लिएको थियो। सिआइबी प्रमुख तथा एआइजी किरण बज्राचार्यका अनुसार प्रतिवेदनमा उनीहरूको बयान कागज पनि संलग्न छ।‘पूर्वप्रधानमन्त्रीहरूलाई हामीले साक्षीको हैसियतमा घटनाको कागज मात्र गराएको हो।

घटना भएको हो कि होइन उहाँहरूलाई के जानकारी छ भन्ने प्रश्न गरेका थियौं। उहाँहरूले गरेको कागज मात्रै छ,’ उनले भनिन्।प्रतिवेदनमा दुई पूर्वप्रधानमन्त्रीसँग घटनाको कागज गराएको र चार पूर्वमन्त्रीलाई यो घटनामा प्रतिवादी बनाइएको छ।‘संगठनिक रूपमा कागजको किर्ते गरेर ललिता निवासको १४३ रोपनी जग्गा व्यक्तिका नाममा पुर्‍याइएको भन्दै हामीले मुद्दा लगेका छौं। त्यसमा चार जना पूर्वमन्त्रीहरू प्रतिवादी छन्। पक्राउ परेका १८ जनालाई हामीले प्रतिवेदनका साथ पेश गरेका छौं,’ एआइजी ब्रजाचार्यले भनिन्।ललिता निवासको जग्गा प्रकरणमा पूर्वउपप्रधानमन्त्री तथा भौतिक योजना मन्त्री विजयकुमार गच्छदार, पूर्वभूमि सुधार मन्त्री चन्द्रदेव जोशी, पूर्वभूमि सुधार मन्त्री डम्बर श्रेष्ठ र पूर्वराज्यमन्त्री सञ्जयकुमार शाहलाई प्रतिवादी बनाइएको छ।आफूहरूले निकै मिहिनेत गरेर अनुसन्धान गरी प्रतिवेदन बनाएको बज्राचार्यले बताइन्। अब बाँकी कुरा सरकारी वकिलले कसरी अभियोजन गर्छ त्यहीअनुसार मुद्दा अघि बढ्ने उनको भनाइ छ।उक्त अनुसन्धानमा सिआइबीले सक्कल र नक्कल प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई बुझाएको हो।अब यसमा मिसिल अध्ययन गर्ने र अभियोजनको कार्यबाट काम सुरू हुने सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता महेशप्रसाद खत्रीले जानकारी दिए।‘ सकभर शुक्रबार नभए आइतबार जसरी पनि अदालतलाई बुझाउँछौं,’ उनले भने।त्यसपश्चात अभियोजनको काम सुरू हुने उनले बताए।यसअघि आइतबार साँझ सिआइबीले प्रकरणमा नाम जोडिएका पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईसँग पनि बयान लिएको थियो।

ललिता निवासको १४३ रोपनी सरकारी जग्गा नक्कली मोही खडा गरी व्यक्तिमा नाममा सारेको प्रकरणमा सिआइबीले अनुसन्धान गरेको हो। गत साउन २१ गते मात्रै सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा मन्त्रिपरिषदका निर्णयकर्ताहरूमाथि पनि छानबिन गर्न आदेश दिएको थियो। अदालतले २०६६ चैत २९ गते, २०६७ वैशाख ३१ गते, २०६७ साउन २८ गते र २०६९ असोज १८ गते मन्त्रिपरिषद बैठकबाट भएका निर्णय र त्‍यस निर्णयमा सहभागीहरूमाथि अनुसन्धान गर्न आदेश दिएको हो।उक्त आदेशसँगै सिआइबीले त्यसतर्फ पनि अनुसन्धान केन्द्रित गरेको हो।

२०६६ र २०६७ सालमा माधव नेपाल प्रधानमन्त्री थिए भने २०६९ सालमा बाबुराम भट्टराई प्रधानमन्त्री थिए। ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा पुर्‍याउन भूमिका खेलेको आरोप उनीहरूमाथि छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

🚨 ब्रेकिङ : स्पेन विश्व च्याम्पियन ! अतिरिक्त समयमा टोरेसको निर्णायक गोल, अर्जेन्टिनाको उपाधि रक्षा सपना चकनाचुर

विश्वकप फुटबलको उपाधिका लागि आज मध्यराति अर्जेन्टिना र स्पेनबीच कडा प्रतिस्पर्धा हुने

सम्बन्धित

🚨 ब्रेकिङ : स्पेन विश्व च्याम्पियन ! अतिरिक्त समयमा टोरेसको निर्णायक गोल, अर्जेन्टिनाको उपाधि रक्षा सपना चकनाचुर

विश्वकप फाइनल अतिरिक्त समयमा : स्पेनको एकतर्फी दबाब, अर्जेन्टिना १० खेलाडीमा सीमित

विश्वकप फाइनलको पहिलो हाफ गोलरहित : स्पेनको दबाब, अर्जेन्टिनाको संयम, मेस्सी अझै प्रभावहीन

फागुन २१ को चुनावमा ‘डिप फेक’ प्रविधिको अधिक प्रयोग

पर्याप्त प्रमाण नपुग्दा अदालतबाट छुट्दै हाइप्रोफाइल नेता, पक्राउ प्रक्रियामाथि प्रश्न

पहिले मान्छे विदेश गए भनेर खपिनसक्नु थियो, अहिले त्योभन्दा बढी जाँदा चुपचाप छन् : केपी शर्मा ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu