ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उद्धव थापालाई मुख्यमन्त्रीको मान्यता नदिन प्रदेश प्रमुखलाई एमालेको ध्यानाकर्षण पत्र


एबीसी न्यूज
६ भदौ २०८०, बुधबार   ९ : ३२   बजे

काठमाडौ भदौ ६ । नेकपा एमाले कोशी प्रदेश संसदीय दलले मुख्यमन्त्री उद्धव थापालाई सभामुखले समेत विश्वासको मत दिएकाले मान्यता नदिन माग राख्दै प्रदेश प्रमुख परशुराम खापुंग समक्ष ज्ञापन पत्र बुझाएको छ ।मुख्यमन्त्रीले विश्वासको मत लिन राखेको प्रस्तावको सम्बन्धमा प्रदेश सभाको बैठकमा मत विभाजन हुँदा सभाको अध्यक्षता गरेका इस्राइल मन्सुरीले समेत विश्वासको मत दिएकाले संविधान विपरीत भएको भन्दै मान्यता नदिन एमालेले अनुरोध गर्दै ध्यानाकर्षण पत्र बुझाएको हो ।

एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्रमा संविधानको धारा १८६ का विपरीत मत विभाजनका लागि हस्ताक्षर गर्ने कार्य समाप्त भए पश्चात् र मत सच्याउन दिने ३ मिनेटको घण्टी बज्ने समय समेत समाप्त भए पछि मन्सुरीले विश्वासको मत दिन हस्ताक्षर गरेको उल्लेख छ ।पत्रमा भनिएको छ, ‘सभाको अध्यक्षता गरी रहेका इस्राईल मन्सुरीले आफ्नो कुर्सी बाट उठी मत विभाजनका लागि राखिएको कागजमा जबरजस्ती हस्ताक्षर गरी संविधान र कानुनको ठाडो उल्लङ्घन गरेको ब्यहोरा जानकारी गराउन चाहन्छौ ।’

पत्रमा सभाको अध्यक्षता गरेको व्यक्तिले मत दिन नपाउने तर मत बराबर भएमा मात्र निर्णायक मत दिन पाउने व्यवस्था विपरीत पक्षमा ४६ र विपक्षमा ३० मत भएको अवस्थामा अध्यक्षता गर्ने इस्राईल मन्सुरीले सभाको अध्यक्षताको आसन बाट झरेर हस्ताक्षर गरेको उल्लेख छ ।

प्रदेश प्रमुखलाई बुझाएको ध्यानाकर्षण पत्रमा यसरी जबरजस्ती ४७ सङ्ख्या पुर्‍याई तथाकथित बहुमत देखाउन गरेको कार्य संविधान, प्रचलित कानुन र संसदीय मूल्य मान्यता समेतको ठाडो उल्लङ्घन गरी जबरजस्ती बहुमत देखाउने कार्य लाई कुनै पनि हिसाबले मान्यता नदिन आग्रह तथा अनुरोध गरिएको छ ।मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने दिन उप सभामुख बिरामी भएपछि अध्यक्ष मण्डलका सदस्यको हिसाबले मन्सुरीले सभाको अध्यक्षता गरेका थिए ।

सभाको अध्यक्षता गरेका मन्सुरीले मत विभाजनको समय सकिए र मत सच्याउने समयमा अध्यक्ष मण्डलमा रहेकी गीता तिम्सिनालाई सभाको अध्यक्षता गर्न लगा उदै थापालाई विश्वासको मत दिएका थिए । सो क्रममा एमालेका प्रदेश सभा सदस्यहरूले नाराबाजी गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘विश्वासको कूटनीति’ कि ‘दूरीको रणनीति’? बालेन सरकारको परराष्ट्र अभ्यासमाथि एमालेको प्रश्न

वाग्मतीमा सरकार परिवर्तनको बहस तीव्र, सत्ता हस्तान्तरणका लागि मुख्यमन्त्रीलाई एमाले–नेकपाको आग्रह

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu