ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महराका बाबु–छोरा मुछिएको सुनकाण्ड पनि छानबिन गर्नेछ जाँचबुझ आयोगले


एबीसी न्यूज
६ भदौ २०८०, बुधबार   ३ : ११   बजे

काठमाडौै, ६ साउन । सरकारले असोज ५ गते गठन गर्ने भनिएको जाँचबुझ आयोगले सत्तारुढ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण्बहादुर महराका बाबुछोरा मुछिएको ९ किलो सुन तस्करी प्रकरण पनि अनुसन्धान गर्ने भएको छ।

आज बिहान बसेको सर्वदलीय बैठकमा सत्ताधारीसहित राष्ट्रिय मान्यता प्राप्त सात दलले ६० किलो सुन तस्करीसहित गत माघमा विमानस्थलबाट बरामद भेपमा ल्याइएको ९ किलो सुन तस्करीबारे पनि आयोगद्वारा अनुसन्धान गर्ने सहमति भएको हो।

९ किलो सुनकाण्डमा माओवादी उपाध्यक्ष महरा र उनका छोरा राहुलको नामसमेत जोडिएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले गरेको अनुसन्धानको प्रतिवेदनमै उनीहरूले उक्त प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिकसँग पटकपटक फोन संवाद गरेको उल्लेख गरिएको छ। यद्यपि उनीहरूले भने फोन सम्पर्क हुँदैमा तस्करीमा संलग्न आरोप लगाउनु गलत भएको जिकिर गरिरहेका छन्।

बुधबार प्रधानमन्त्री प्रचण्डले सिंहदरबारमा राखेको सर्वदलीय बैठकमा राष्ट्रिय मान्यता प्राप्त सातै दलका प्रमुख सचेतकले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।

सहमतिपत्रअनुसार असोज ५ गते जाँचबुझ आयोग गठन गर्ने र त्यही दिनदेखि यसले काम थाल्ने उल्लेख गरिएको छ।

सहमतिपत्रको बुँदा नम्बर २ मा भनिएको छ, ‘विदेशबाट इलेक्ट्रिक सिगरेट भेप्स मा सुन राखी अवैध पैठारी तस्करी गरिएको, मिति २०८० श्रावण २ गते ब्रेक–सुमा राखी अवैध पैठारी तस्करी गरिएको सुनलगायत पटकपटक सुन तस्करी भई मुलुकभित्र आइरहेको विषयलाई गम्भीरतापूर्वक लिई स्वतन्त्र र निष्पक्ष छानबिन गर्न र यस्तो तस्करीजन्य कार्यको पूर्ण रूपमा नियन्त्रण गर्न मौजुदा कानुनमा गर्नुपर्ने परिमार्जन, संरचनागत सुधार र पटक पटकको सुन तस्करी सम्बन्धमा भएका छानबिन अनुसन्धानबारे समेत अध्ययन गरी सुझावसहितको प्रतिवेदन पेस गर्न जाँचबुझ आयोग ऐन, २०२६ बमोजिम २०८०र०६र०५ गते नेपाल सरकारले आयोग गठन गरी त्यसै दिनदेखि आयोगले कार्य प्रारम्भ गर्नेछ।’

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group