ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोबाइल डाटाबाटै चल्छ नेपालको ७० प्रतिशत इन्टरनेट


एबीसी न्यूज
६ भदौ २०८०, बुधबार   ३ : २१   बजे

काठमाडौै, ६ साउन । नेपालमा डाटा सर्भिसको ७० प्रतिशत हिस्सा ‘मोबाइल ब्रोडब्यान्ड’को रहेको नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकले देखाएको छ ।

प्राधिकरणले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार इन्टरनेट प्रयोगका लागि खपत हुने डाटामध्ये ७०।४१ प्रतिशत हिस्सा मोबाइल ब्रोडब्यान्डको रहेको हो ।

मोबाइल ब्रोडब्यान्ड भनेको मोबाइल नेटवर्कबाट उपलब्ध हुने वायरलेस इन्टरनेट कनेक्सन हो ।

यस्तै, इन्टरनेट बजारमा २९।४४ प्रतिशत हिस्सा फिक्स्ड ब्रोडब्यान्ड अर्थात् वायर्ड कनेक्सनको रहेको छ । वायरलेस फिक्स्ड ब्रोडब्यान्डको हिस्सा ०।१६ प्रतिशत मात्रै रहेको छ ।

जनसंख्याका आधारमा ९४।८८ प्रतिशतमा मोबाइल ब्रोडब्यान्डको पहुँच पुगेको छ भने, ३९।६७ प्रतिशत जनसंख्या फक्स्ड ब्रोडब्यान्डको पहुँचमा छ ।

बजारमा नेपाल टेलिकमको बलियो पकड
सिम सब्सिक्रिप्सनका आधारमा नेपाल टेलिकमको बजार हिस्सा बलियो देखिएको छ ।

प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपाल टेलिकमको हिस्सा ६७।५९ प्रतिशत रहेको छ भने, एनसेलको ३२।४१ प्रतिशत रहेको छ ।

एउटै व्यक्तिले दुईवटा सिम प्रयोग गर्ने तथ्यांक पनि समेटिने हुँदा सबै तथ्यांक वास्तविक भने मानिँदैन ।

४जी इन्टरनेटको सब्सक्रिप्सनको संख्या नेपाल टेलिकममा एक करोड २६ लाख ७९ हजार १८ पुगेको छ भने, एनसेलको ७१ लाख दुई हजार ४७१ रहेको थियो ।

३जी इन्टरनेट सब्सक्रिप्सन गर्नेको संख्या नेपाल टेलिकममा ५९ लाख ३१ हजार २१९ र एनसेलको १८ लाख २२ हजार ४२ रहेको छ ।

फिक्स्ड ब्रोडब्यान्डमा वल्र्डलिंक लिडर
नेपालमा फिक्स्ड अर्थात् वायर्ड ब्रोडब्यान्ड ९केबल–फाइबर इन्टरनेट कनेक्सन० जोड्ने ग्राहक संख्या २६ लाख ४७ हजार ३७९ रहेको छ ।

एउटै परिवारका धेरै जनाले इन्टरनेट चलाउने हुँदा फिक्स्ड ब्रोडब्यान्ड चलाउनेको संख्या भने, एक करोड १५ लाख ६९ हजार ४५ पुगेको छ ।

यसरी एक ग्राहक, परिवार वा एक लाइन बराबर ४।६ प्रयोगकर्ता हुने प्राधिकरणको भनाइ छ ।

फिक्स्ड ब्रोडब्यान्डमा सबैभन्दा बढी ग्राहक अथवा सब्सक्रिप्सन हुने पहिलो नम्बरमा वल्र्डलिंक रहेको छ ।

वायरलेस, केबल र फाइबर गरी वल्र्डलिंकका कुल ग्राहक संख्या ७ लाख ५२ हजार ५ सय ७३ रहेको छ । जुन २८ प्रतिशत बजार हिस्सा हो ।

दोस्रो नम्बरमा नेपाल टेलिकमका ग्राहकको संख्या दुई लाख ८८ हजार ६ सय १४ अर्थात् ११ प्रतिशत रहेको छ ।

तेस्रो नम्बरमा क्लासिक टेकको दुई लाख ७० हजार ३३ ग्राहक र चौथो नम्बरमा भायनेटको दुई लाख ६४ हजार ८३ ग्राहक अर्थात् १०÷१० प्रतिशत बजार हिस्सा रहेको छ ।

दुई लाख ५५ हजार ३९४ ग्राहकसहित पाँचौँ नम्बरमा सुबिसु र छेटौँमा दुई लाख २९ हजार ६४६ ग्राहकसहित डिस मिडिया नेटवर्क रहेको छ ।

त्यसपछि वेब सर्फर, टेकमाइन्ड्स, ब्रोडलिंक र सीजीको क्रमशः ६, चार, दुई र दुई प्रतिशत बजार हिस्सा रहेको छ । अन्य कम्पनीको भने आठ प्रतिशत हिस्सा छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

घर बाढीले बगायो, शिविरले सम्हाल्यो : देवीघाटका विस्थापितको पीडाबीच आशाको कथा

आज केही स्थानमा भारी वर्षा, कोसी र वाग्मतीमा धेरै भारी वर्षाको सम्भावना

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu