ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतीय चन्द्रयान–३ चन्द्रमामा अवतरण गरेकोमा प्रधानमन्त्री प्रचण्डले समकक्षी मोदीलाई बधाई


ABC NEWS
६ भदौ २०८०, बुधबार   ८ : १३   बजे

काठमाडौं ६ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीलाई बधाई दिएका छन्।

चन्द्रयान–३ ले चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण गरेको अवसरमा प्रधानमन्त्री दाहालले भारतलाई बधाई दिएका हुन्।

बुधबार ट्वीट गर्दै प्रधानमन्त्रीले भारतले चन्द्रमामा सफलतापूर्वक चन्द्रयान–३ अवतरण गर्न सफल भएको तथा विज्ञान र अन्तरिक्ष प्रविधीमा ऐतिहासिक सफलता हासिल गरेको बताए।

चन्द्रमाको दक्षिणी ध्रुवमा यानलाई सफलतापूर्वक अवतरण गराउने भारत पहिलो देश बनेको छ।

चन्द्रमामा विक्रम ल्यान्डर को सफ्ट ल्यान्डिङपछि प्रज्ञान रोवर त्यसबाट निस्किएर चन्द्रमाको सतहमा घुम्दै शोध गर्नेछ। यसले भारतलाई महत्वपूर्ण जानकारी मिल्नेछ।

१४ जुलाई दिउँसो २ बजेर ३५ मिनेटमा हरिकोटाबाट उडान भरेको चन्द्रयान(३ ले आफ्नो ४० दिनको लामो यात्रा पूरा गरेको छ।

इसरोले दिएको विवरण अनुसार चन्द्रयान–३ का लागि मुख्य रूपमा तीन उद्देश्य निर्धारित छन्।

चन्द्रमाको दक्षिणी ध्रुवमा ल्यान्डरको सफ्ट ल्यान्डिङ गर्नु, चन्द्रमाको सतह बताइने रेजोलिथमा ल्यान्डरलाई उतार्नु र घुम्नु तथा ल्यान्डर र रोभर्सबाट चन्द्रमाको सतहमा शोध गर्नु रहेको छ।

भारतलाई देउवाको बधाई

भारतको चन्द्रयान ३ चन्द्रमामा अवतरण गराउन सफल भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र त्यहाँका जनतालाई बधाई दिएका छन् ।

भारतले अन्तरिक्षमा पठाएको मानवरहित यान बुधबार साँझ ६ बजे चन्द्रमामा अवतरण गरेको छ । त्यसलगत्तै पूर्वप्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति देउवाले सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् ।

‘चन्द्रयान ३ को सफल अवतरणका लागि प्रधानमन्त्री नरेन्द्र मोदी र भारतका जनतालाई बधाई ! अन्तरिक्ष क्षेत्रमा भारतले गरेको यो उल्लेखनीय प्रगति हो । हामी इसोराका वैज्ञानिकहरूको उत्कृष्ट कामको प्रशंसा गर्दछौँ,’ देउवाले उल्लेख गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री एनपी साउदले पनि बधाई दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

रास्वपाको पदाधिकारीमा को–को भए निर्वाचित ? (मतसहित)

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu