ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अदालतलाई सन्दीपको जवाफ : गौशाला २६ को जन्ममितिको कागज खेल समर्थकले दिएका हुन्

एबीसी न्यूज
७ भदौ २०८०, बिहिबार   २ : १०   बजे

काठमाडौं, ७ साउन । बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछानेले पीडित किशोरी गौशाला २६ को जन्ममितिको कागज एक जना खेल समर्थकले दिएको अदालतमा जवाफ दिएका छन् ।

गत हप्ता काठमाडौं जिल्ला अदालतले सन्दीपले पेश गरेको गौशाला २६ को जन्ममितिको कागजको आधिकारिकतामा प्रश्न उठाएपछि उनले आइतबार यस्तो जवाफ दिएका हुन् ।

‘मैले सम्मानित अदालतमा बयान दिने दिन धेरै जना शुभचिन्तकहरु मलाई भेट्न आउनुभएको थियो र सोही क्रममा मेरो एकजना खेल समर्थकले उक्त जन्मदर्ताको किताबको सम्बन्धित पृष्ठको प्रतिलिपी दिनुभएको थियो’, सन्दीपले जन्ममिति कागजातबारे अदालतमा दिएको बयानलाई उधृत गर्दै जिल्ला अदालत स्रोतले भन्यो ।

२०७९ कात्तिक १५ गते बलात्कार मुद्दामा पहिलो पटक बयान दिने क्रममा सन्दीपले गौशाला २६ को जन्ममिति १८ असार २०६१ भएको कागज पेश गरेका थिए ।

बलात्कारको अभियोग इन्कार गरेका सन्दीपले किशोरी ९गौशाला २६० को उमेर १८ वर्ष भन्दा बढी भएको प्रमाणका रुपमा जन्मदर्ताको दर्ता किताब भन्दै सो कागज पेश गरेका थिए । पीडित किशोरीले आफूमाथि बलात्कार भएको भनेको दिन उनी १८ वर्ष पूरा भइसकेको प्रमाणित हुने गरी सन्दीपले अदालतमा कागज पेश गरेका थिए ।

पछि अदालतले पनि गौशाला २६ को जन्मदर्ता रहेको वडाबाट कागजात र विवरण मगाएको थियो । वडा कार्यालयले ९ जेठ २०८० मा जिल्ला अदालतमा पठाएको पत्रमा अनलाइनमार्फत जन्मदर्ता भएकाले अभिलेख नरहेको जवाफ दिएको थियो ।

वडा कार्यालयले जन्मदर्ताको अभिलेख नरहेको भन्ने तर सन्दीपले पीडितको जन्मदर्ताको दर्ता किताबको प्रतिलिपि भनेर कागज पेश गरेपछि अदालतले प्रश्न उठाएको हो ।
गत साता जिल्ला अदालत काठमाडौंले उक्त जन्मदर्ताको कागज सन्दीपले कहाँबाट ल्याएका हुन् सनाखत गराई उनले उल्लेख गरेको ठाउँबाट प्रमाणित कागजात झिकाउनु भनी आदेश गरेको थियो ।

सोही आदेशका आधारमा सन्दीपले गत आइतबार जिल्ला अदालतमा कागज गरेको जिल्ला अदालत स्रोतले बतायो । आफूले हेर्दा उक्त प्रमाण गौशाला २६ सँग सम्बन्धित देखिएकाले न्याय निरुपणमा सहयोग हुनपुग्ने ठानी बयानका क्रममा पेश गरेको सन्दीपले बताएका छन् ।

उनले जिल्ला अदालतमा गरेको कागजमा भनेका छन्, ‘सो कागज मलाई कसले दियो, वहाँको नाम मलाई थाहा छैन, वहाँले सो कागज कहाँ र कुन निकायबाट ल्याउनुभयो सो मलाई थाहा छैन ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आफन्तको खोजीमा विदेशबाट नेपाल आउँदैछन् परिवार, ५९१ पर्यटक अझै सम्पर्कविहीन

चिलिमे जलविद्युत् आयोजनाको सुरुङबाट दुई शव निकालिए, ८९७ जना अझै सम्पर्कविहीन

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu