ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेस रुपान्तरण अभियानले भन्यो– भ्रष्टाचारको अनुसन्धानमा काखापाखा, प्रहरी सरुवाले शंका उब्जायो


एबीसी न्यूज
७ भदौ २०८०, बिहिबार   २ : २५   बजे

काठमाडौं, ७ साउन । नेपाली कांग्रेस रुपान्तरण अभियानका आठ संयोजकले भ्रष्टाचारविरुद्धको अनुसन्धानमा खुट्टा नकमाउन र काखापाखा नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् । लोकतन्त्र र सुशासनका लागि स्थापित भएको कांग्रेसले भ्रष्टाचारका प्रकरणमा सरकारलाई सहयोग गर्नुपर्ने भन्दै यिनीहरुले अनुसन्धानमा रहेका प्रहरीको सरुवाले भने आशंका पैदा गरेको बताएका छन् ।

“।।।अहिले अनुसन्धानका क्रममा रहेका नक्कली भुटानी शरणार्थी काण्ड, ललितानिवास जग्गा काण्ड तथा क्विन्टल सुन प्रकरणलाई निष्पक्ष रुपमा अघि बढाई सरकारले तार्किक निष्कर्षमा पु¥याउनु पर्छ । कुनै पनि बहानामा यसमाथि भइरहेको अनुसन्धान प्रभावित हुनु वा रोकिनु हुँदैन,” अभियानले भनेको छ, “भ्रष्टाचारका घटनाहरुको छानबिनमा कुनैं प्रकारको नेतागत वा पार्टीगत लेनदेन, साँठगाँठ वा पक्षधरता कदापि मान्य हुने छैन ।”

अभियानले भ्रष्टाचारसम्बन्धी यती, ओम्नी, वाइडबडी, फोर जी, सेक्युरिटी प्रिन्टिङ प्रेसलगायतका अन्य फाइल खोली अनुसन्धान र कारबाहीको प्रक्रिया अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

“यस कदममा वर्तमान सरकारलाई नेपाली कांग्रेसले पूर्ण रुपमा साथ सहयोग पुर्याउनु पर्दछ भन्ने कुरा प्रष्ट गर्न चाहन्छौँ,” अभियानको विज्ञप्तिमा भनिएको छ, “चर्चित भ्रष्टाचार काण्डमा अनुसन्धान गरिरहेका प्रहरी अधिकारीहरुलाई अस्वाभाविक रुपबाट सरुवा गरिनुले निष्पक्ष छानबिनमाथि नागरिक तहमै गम्भीर प्रश्न उठेको छ । यो आशंका मात्र हो भनेर राज्य पन्छिन मिल्दैन ।”

कांग्रेसका विधिविपरीतका गतिविधिप्रति आपत्ति

अभियानले आठ दशकदेखि विधिको शासन स्थापनाका लागि जोखिमपूर्ण लडाइँ लड्दै आएको कांग्रेस सरकारमा हुँदा विधिको शासन चलाउने अभ्यासमा आफूलाई अब्बल सावित गर्नुपर्ने भन्दै उनले पार्टी सञ्चालनमा पनि विधि र पद्दतिको पूर्ण पालना गर्नुपर्ने उल्लेख गरेका छन् ।

उनीहरुले कांग्रेसले भर्खरै गठन गरेका भ्रातृ संगठनहरुको हकमा विधानको गम्भीर उल्लंघन भएको भन्दै विद्यार्थी संघ र नेपाल तरुण दलको वैधानिक व्यवस्थाविपरीत भीमकाय तदर्थ समिति गठन गरिएकोप्रति आपत्ति प्रकट गरेका छन् ।

“यसैबीच नेपाल महिला संघ केन्द्रीय तदर्थ समितिले विभिन्न जिल्लामा कार्यरत पुराना तथा निर्वाचित सभापतिहरुलाई अपदस्थ गरेको खबर प्राप्त भएका छन् । जिल्लामा काम गरिरहेका साथीहरुलाई हतोत्साही तुल्याउने, संगठनलाई कमजोर बनाउने यसप्रकारको निर्णय अविलम्ब फिर्ता लिन तथा पार्टीले तोकेको समयसीमाभित्र महाधिवेशन सम्पन्न गर्नेतर्फ केन्द्रित रहन स्पष्ट निर्देशन दिनुपर्दछ भन्ने हाम्रो आग्रह छ,” अभियानले भनेको छ ।

कांग्रेस रुपान्तरण अभियानका तर्फबाट कोसी प्रदेश संयोजक गुरुराज घिमिरे, मधेस संयोजक रञ्जित कर्ण, वाग्मती संयोजक मधु आचार्य, गण्डकी संयोजक, देवराज चालिसे, लुम्बिनी संयोजक डा।गोबिन्दराज पोख्रेल, कर्णली संयोजक भुपेन्द्रजङ्ग शाही, सुदूरपश्चिम संयोजक भरतबहादुर खड्का र डायस्पोरा संयोजक सुवास लोहनीले विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group