ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दैनिक २०० भन्दा बढी संस्था कालोसूचीमा, एकै वर्ष थपिए ३४ हजार


एबीसी न्यूज
७ भदौ २०८०, बिहिबार   ४ : ३२   बजे

काठमाडौं, ७ साउन । कालोसूचीमा पर्ने व्यावसायिक संस्था र व्यवसायीको संख्या निरन्तर बढ्दै गएको छ । समयमा ऋण चुक्ता नगर्दा कालोसूचीमा पर्नेको संख्या दिन प्रतिदिन बढेको हो । कर्जा सूचना केन्द्रका अनुसार हाल दैनिक औसत २०० कम्पनी कालोसूचीमा पर्ने गरेका छन् ।

केही समयअघि यस्तो संख्या ४०० सम्म पुगेको थियो । गत आर्थिक वर्ष २०७९र८० मा ३४ हजार ८१ व्यावसायिक संस्था र व्यक्ति कालोसूचीमा परेका थिए । अघिल्लो वर्ष कालोसूचीमा पर्नेको संख्या १५ हजार ९९५ थियो । अघिल्लो वर्षको तुलनामा गएको आर्थिक वर्षमा १८ हजार ८६ बढी व्यावसायिक संस्था र व्यक्ति कालोसूचीमा परेका हुन् ।

गएको साउन ३२ गतेसम्म कालोसूचीमा पर्नेको संख्या ६३ हजार ८९९ पुगेको केन्द्रले जानकारी दिएको छ । तर, यसभित्र पर्ने व्यक्तिगत जमानीमा बस्नेको संख्या एउटैमा बढी हुन सक्ने कर्जा सूचना केन्द्रका प्रवक्ता विजय कुँवरले बताए ।

“हालसम्म कालोसूचीको नम्बर ६३ हजार ८९९ पुगेको छ । यो नम्बर मात्र हो । ब्लाकलिस्टको एक नम्बरमा एउटा संस्था परेको छ भने त्यसमा सञ्चालक समितिका सदस्यहरू पनि पर्छन्,” उनले बाह्रखरीसित भने, “यस्ता सदस्यहरू दुईवटा वा त्योभन्दा बढी पनि हुन सक्छन् । भित्र समावेश भएकाहरूको हामीले यो संख्यामा गणना गरेका छौनौँ । यो संस्थाको काउन्ट नम्बर मात्र हो ।”

व्यक्तिका हकमा जमानीमा बसेकाहरूको गणना नगरिएको कुँवरले बताए । गत वर्ष कालोसूचीमा पर्नेको संख्या दैनिक औसत १०० को हाराहारीमा रहेको उनले जानकारी दिए । यसमा चेक बाउन्सको ‘केस’ बढी भएको उनको भनाइ छ ।

कालोसूचीमा पर्नेमध्ये ७० प्रतिशत चेक बाउन्सको केस रहेको उनले बताए । अरू भने ऋण तिर्न नसकेकाहरूको केस आउने गरेको उनले जानकारी दिए ।

यसरी कालोसूचीमा परेपछि आर्थिक कारोबार, विदेश भ्रमण, अध्ययनलगायत सुविधा नपाउने व्यवस्था छ । कालोसूचीबाट हटाउन सक्ने पनि व्यवस्था छ । त्यसका लागि खातावाताले पैसा तिरेको प्रमाण केन्द्रमा पेस गर्नुपर्ने हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group