ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गाउँपालिका केन्द्र र नाम परिवर्तन : कतै आन्दोलन, कतै समर्थन


admin
२४ माघ २०७४, बुधबार   ४ : २०   बजे

सप्तरी, २४ माघ ।  सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिकाको नाम परिवर्तन गरि केन्द्र सार्ने विषयमा कैत आन्दोलन त कतै समर्थन सुरु भएको छ ।

हालै सम्पन्न गाउँ सभाको बैठकमा दुई तिहाई बहुमतले उक्त गाउँपालिकाको नाम “खाँडो–जीता गाउँपालिका” र केन्द्र कोइलाडीस्थित जिरिया पोखरीको डिलमा सार्ने निर्णय गरिएको छ ।  उक्त निर्णयको बिरोधमा सो गाउँपालिका वडा नं १ तिलाठीका नागरिक समाजले आन्दोलन स्वरुप रिले अनसन सुरु गरेको छ ।

 

नाम परिवर्तन गरी केन्द्र सारिएको बिरोधमा सीमा रक्षकको नामले परिचित देबनारायण यादवसहितका स्थानियहरुले मंगलबार साँझदेखि रिले अनसन शुरु गरेका हुन् ।  रिले अनसनमा बसेका देवनारायण यादवले गाउँपालिकाको केन्द्र यथावत स्थानमा राख्नु पर्ने र होटमा बसेर गरेको गाउँ सभा खारेजीको माग गरेका छन् ।

उनले सो माँग पुरा नभए आमरण अनसन समेत बस्ने र आत्मदाहा समेत गर्न सक्ने चेतावनी दिए

यता उक्त गाउँपालिका २ देखी ८ नं वडा गरि ७ वटा वडाका स्थानियहरुले गाउँपालिकाको केन्द्र सार्ने निर्णयको स्वागत गर्दै बुधबार जिल्ला प्रशासन कार्यालय सप्तरीमा ज्ञापन बुझाएको छ ।

गाउँपालिकाका दुई तिहाई पदाधिकारीहरुको केन्द्र सार्ने निर्णयमा हस्ताक्षर रहेको भन्दै हाल तिलाठीमा रहेको गाउँपालिका कार्यालयको तालाबन्दी खोल्न र कामकाज सूचारु गराउन भन्दै प्रशासन कार्यालयमा ज्ञापन बुझाएको हो ।

उनीहरुले दुई तिहाई भन्दा बढी पदाधिकारीहरुको समर्थन र हस्ताक्षर गरिएको निर्णय कार्यान्वयन नगरिए चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।  उक्त सम्बन्धमा गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंहले ८ वटा वडाका स्थानियहरुलाई पायक पर्ने स्थानमा केन्द्र सार्न लागिएको बताए ।

उनले नाम परिवर्तन सम्बन्धमा गाउँपालिका भएर बग्ने खाँडो र जिता खोलाको संगम रहेकोले दुई तिहाई भन्दा बढी बहुमतले निर्णय गरिएको जानकारी दिए । उनले ८ वडा रहेको गाउँपालिकामा ७ वडाका अध्यक्ष र सदस्यहरु निर्णयको पक्षमा रहेको जानकारी समेत दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group